birat ribon

कोरोना संक्रमितकाे रमजान : अस्पतालकाे बेडमै बसेर पढ्छन् कुरान

Neuro
कोरोना संक्रमितकाे रमजान : अस्पतालकाे बेडमै बसेर पढ्छन् कुरान

विराटनगर, १२ वैशाख । विराटनगरको कोरोना विषेश अस्पतालमा २८ जना संक्रमित उपचार गराइरहेका छन् ।

अस्पतालमा उपचार गराइरहेकाहरू एउटै समुदायका हुन् । १२ जना उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका हुन । १६ जना मुस्लिम धर्मको प्रचारका लागि हिँडेका जमाती हुन् ।

cura insider
प्रतीकात्मक तस्बिर

अस्पतालमा १२ जना संक्रमित बसेको एकसाता भयो ।

चार महिना अघि धार्मिक यात्रामा निस्किएका जमातीहरू अस्पतालमा पनि धार्मिक काम गरिरहेका छन् । मुस्लिम समुदायको रमजान सुरू हुनै लाग्दा संक्रमितले अस्पतालको शैय्यामै बसेर कुरान पढिरहेका छन ।

‘एक मिटरको दूरी मेन्टेन गरेर उहाँहरू कुरान पढ्नुहुन्छ ।’ कोरोना विशेष अस्पतालका डाक्टर दीपक सिग्देल भन्छन् ‘उहाँहरूले पढ्ने इच्छा देखाएपछि हामीले कुरान उपलब्ध गराएका छौं ।’

अस्पतालमा बसेकाहरूले दिनमा पाँच पटकसम्म कुरान पढ्दै आएका छन ।

उनीहरूलाई अस्पतालले केही दिन अघि कुरान र पढ्नका लागि आवश्यक सामाग्री उपलब्ध गराएको थियो ।

‘सुरुमा आउनु भएका १२ जना अलिक शिक्षित हुनुहुन्छ,’ डाक्टर सिग्देल भन्छन्, ‘उदयपुरबाट आउनु भएकाहरू मध्ययम हुनुहुन्छ ।’

अस्पतालले पुस्तक उपलब्ध गराएका कारण सक्रमितलाई समय कटाउन पनि सहज भएको छ ।

अस्पतालमा उपचार गराइरहेका संक्रमितको अवस्था सामान्य रहेकाे उनले बताए । ‘सबैको अवस्था सामान्य छ,’ उनी भन्छन्, ‘लक्षण देखिएको छैन ।’

फोनमा सल्लाह, मनिटरबाट निगरानी

अस्पतालले बिरामीलाई फोन उपलब्ध गराएको छ । कोठाभित्र बसेकाहरूले समस्या परे डाक्टरलाई फोन गर्छन् । त्यस्तै बिरामीको निगरानी मनिटरबाट पनि हुन्छ । सबै कोठामा सीसी क्यामेरा पनि जडान गरिएको छ ।

चिकित्सक र स्वास्थ्यकर्मी आवश्यक परेको अवस्थामा बिरामीको अवस्था बुझ्न जान्छन् । सामान्य अवस्थामा उनीहरूले नै जानकारी गराउँछन् ।

खाना खाजाका लागि अस्पतालले बिरामीलाई समय ताेकिदिएकाे छ । बिरामीलाई उपलब्ध गराउने सामाग्री अस्पतालका कर्मचारीले बिरामी बस्ने ढोका ढोकामा पुर्‍याउँछन् ।

ढोकामा पुगेको सामाग्री संक्रमितले लगेर सावधानीपूवर्क प्रयोग गर्छन् ।

अस्पतालमा बसेकाहरूलाई गर्न मिल्ने र नमिल्ने कामका बारेमा सिकाइएको डाक्टर सिग्देलले बताए ।

jackson ribon