birat ribon

झापामा आइसोलेसन कक्षमा रहेका २१ जना घर फर्किए

Neuro
झापामा आइसोलेसन कक्षमा रहेका २१ जना घर फर्किए

झापा, १२ वैशाख । झापामा कोरोना भाइरसको आशंकामा झापामा झापामा आइसोलेसन कक्षमा रहेका २१ जना घर फर्किएका छन् ।

झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा भर्ना भएका २१ जना बिरामी डिस्चार्ज भएका हुन् ।

cura insider

अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका सबै बिरामीको कोरोना स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पिताम्बर ठाकुरले जानकारी दिए ।

सो अस्पतालमा २५ र दमक अस्पतालमा दुई गरी जिल्लामा कूल २७ श्ययाको आइसोलेसन वार्ड निर्माण गरिएको छ ।

अस्पतालमा विभिन्न सङ्घसंस्थाले पिपिइ, मास्क, पञ्जालगायतका स्वास्थ्य सामग्रीको सहयोग गरिरहेका छन् ।

झापाका १५ स्थानीय तहले विभिन्न २७ स्थानमा ७ सय ७८ क्षमताको क्वारेन्टाइन कक्ष बनाएका छन् ।

ती क्वारेन्टाइनमा हाल १ सय ८९ जना छन् भने २ सय ३९ जना क्वारेन्टाइन अवधि पूरा गरेर घर फर्किसकेका छन् । होम क्वारेन्टाइनमा एक हजार ४६ रहेका छन् । रासस

jackson ribon