birat ribon

भोजपुरका कोरोना संक्रमितलाई विराटनगर पठाइने

Neuro
भोजपुरका कोरोना संक्रमितलाई विराटनगर पठाइने

भोजपुर, १२ वैशाख । भोजपुरमा कोरोना भाइरसका संक्रमण पुष्टि भएका युवकलाई विराटनगर पठाउने निर्णय भएको छ ।

बिहीबार कोरोना पुष्टि भएका हतुवागढी गाउँपालिका–६ होम्ताङका युवकलाई उपचारका लागि विराटनगर पठाइने भएको हो ।

cura insider

गत ३० फागुनमा साउदी अरबबाट आएका ती युवकमा कोरोना पुष्टि भएको हो ।

भोजपुरमा गरिएको आरडिटी परिक्षणमा कोरोना देखिएपछि स्वाब परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा लगिएको थियो ।

उनलाई धरानमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । लगत्तै उनलाई घोडेटारस्थित स्वास्थ्य केन्द्रको आइसोलेसन वार्डमा राखिएको छ ।

अब थप उपचारका लागि उनलाई विराटनगरस्थित कोरोना अस्पताल पठाइने जिल्ला जनस्वास्थ्य प्रमुख फणिन्द्र कार्कीले जानकारी दिए ।

संक्रमित युवकका परिवारका दुईसहित अन्य तीन जनाको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको छ ।

jackson ribon