birat ribon

भोजपुरमा कोरोना संक्रमित युवकका परिवारसहित तीन जनाको रिपोर्ट नेगेटिभ

Neuro
भोजपुरमा कोरोना संक्रमित युवकका परिवारसहित तीन जनाको रिपोर्ट नेगेटिभ

भोजपुर, १२ वैशाख । भोजपुरमा कोरोना भाइरसका सङ्क्रमण पुष्टि भएका युवकको परिवारसहित तीन जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

युवकका परिवारका दुईसहित अन्य तीन जनाको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको हो।

cura insider

बिहीबार भोजपुरको हतुवागढी गाउँपालिकाका २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीका अनुसार गत फागुन ३० मा साउदी अरबबाट आएका ती युवकमा कोरोना पुष्टि भएको हो ।

भोजपुरमा गरिएको आरडिटी परिक्षणमा कोरोना देखिएपछि स्वाब परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा लगिएको थियो ।

उनलाई धरानमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

jackson ribon