गल्ति सुधार्ने मुखियालाई धन्यबाद !

पारुल क्षेत्री भ्रष्टचार विरोधी अभियन्ता हुन । बामपन्थी राजनितीमा झुकाव राख्ने क्षेत्रीले दल विभाजन गराउन सहजहुनेगरि ८ बैसाखमा सरकारले ल्याएको अध्यादेशलाई उनले गलत भनेका थिए । र , चौतर्फी बिरोधपछि सरकारले ११ बैसाखमा अध्यादेश फिर्ता गर्ने निर्णय गरेपछि उनले सरकारलाई धन्यबाद भनेका छन । समाजिक सञ्जाल फेसबुकमा अभियन्ता पारुलले लेखेका छन ,‘ लेनिन भन्नुहुन्थ्यो सच्याएको गल्ति विलाएर जान्छ लुकाएको गल्ति कुहिएर गन्हाउँछ ।’

Loading...