प्रदेश १ मा टेलिभिजनबाट एसईईको तयारी कक्षा सञ्चालन गरिदै

विराटनगर, १२ वैशाख । प्रदेश १ मा टेलिभिजनबाट एसईईकोको तयारी कक्षा सञ्चालन हुनेभएको छ ।

लकडाउनले गर्दा स्थगित भएको एसईई परिक्षाका विद्यार्थीलाई लक्षित गरि सामाजिक विकास मन्त्रालयले नेपाल टेलिभिजनबाट तयार कक्षा सञ्चालन गर्ने भएको हो ।

१५ बैसाखदेखी दैनिक १ सय मिनेटको भर्चुअल कक्षा सञ्चालनबारे सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थ र इटहरी प्रशारण केन्द्रका प्रमुख डा. टंक उपे्रतीवीच विहिबार सम्झौता भएको छ ।

पहिलो चरणमा वैशाख १५ देखि जेठ १५ गते सम्मका लागि एसईईको तयारी कक्षा सञ्चालन हुनेछ ।

सामाजिक विकास मन्त्रालय शैक्षिक योजना शाखाका अधिकृत मानवहादुर देवकोटाका अनुसार शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले तयार गरेको सामाग्री प्रसारण गरिने छ ।

एसईई तयारी कक्षा शुरु हुनुअघि दैनिक १० मिनेट विज्ञबाट विद्यार्थीलाई विभिन्न व्यवहारीक ज्ञानबारे जानकारी दिइने छ भने विद्यार्थीले विज्ञलाई विभिन्न विषयबारे राखेको जिज्ञाशा पनि कार्यक्रममा प्रशारण गरिने छ ।’

पहिलो सम्झौता अनुसार हरेक दिन विहान १० वजेदेखि कक्षा शुरु हुनेछ । र ९० वटा कक्षा सञ्चालन गरिने छ ।

Loading...