दाना नपाउँदा मरे माछा

रौतहट, १२ बैशाख । बन्दाबन्दीका कारण दाना नहुँदा रौतहटको रौतहटकस्थित दुुईवटा पोखरीको लाखौ बराबरको माछा मर्न थालेका छन् । मौलापुर नगरपालिका वडा ८ का किसान जयराम यादव र अजय यादवको माछा मर्न थालेको हो ।

उक्त पोखरीमा झण्डै १० लाख बराबरको माछा रहेको यादवद्वयको भनाइ छ । यसैबीच बौधिमाई नगरपालिका वडा ७ बंकुुलचौकस्थित होटेल रजनी मिट हाउमा बुुधबार राति भएको आगलागीको क्षतिको विवरण सङ्कन भइरहेको छ ।

बोर्डर आउटपोष्ट बंकुलका सशस्त्र प्रहरी निरीक्षक दिपनरसिंह राईको कमाण्डमा गएको टोलीले र गाँउलेहरु मिलेर आगलागी नियन्त्रण गराएका थिए । रासस

Loading...