प्रदेश सरकारको निश्कर्ष : भुल्केमा जमातीबाट कोरोना भित्रिएको होइन

उदयपुर, १२ बैशाख । उदयपुरको भुल्केमा फैलिएको कोरोना भाइरस नुरी मस्जिदका धर्मगुरुबाट नभई अरुबाट फैलिएको निश्कर्ष नजिक प्रदेश सरकार पुगेको छ ।

भारतको उत्तर प्रदेशमा उर्दु भाषा अध्ययन गरेर घर फर्किएका युवा र दुबईबाट आएका व्यक्तिमध्ये एकजनाबाट संक्रमण फैलिएको निष्कर्षमा पुग्न लागेको सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए ।

संक्रमित क्षेत्र उदयपुरमै बिहीबार आयोजित सर्ववक्षीय छलफलमा मन्त्री घिमिरेले जमातीबाट संक्रमण फैलिएको आधार नदेखिएको बताए ।

सुक्ष्म अध्ययनले भारतबाट आएका युवाकै घरका ५ सदस्यमा संक्रमण देखिएकोले त्यहिबाट अन्यत्र फैलिएको आधार बलियो बनेको उनको भनाइ छ । यद्यपी दुबईबाट आएकाको बारेमा पनि अध्ययन भइरहेको उनले जानकारी दिए । हाम्रोमत दैनिकको अनलाइनमा खबर छ ।

लकडाउनका कारण बेखर्ची भएका तथा खर्च भएपनि खानेकुरा किनेरसमेत खान नपाएकाहरुलाई विभिन्न संघसंस्था र समाजसेवीहरुले निःशुल्क खाना खुवाउने अभियान विराटनगरमा जारी राखेका छन् ।

यस्तै एउटा अभियानको नेतृत्व गरिरहेकी छन् १ नम्बर प्रदेशसभाकी सांसद विन्दिया कार्कीले । नेपाली कांग्रेसकी सांसद कार्कीकै पहल र सक्रियतामा विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत विरामी र उनीहरुका कुरुवालाई बेलुकी दैनिक एकछाक निःशुल्क खाना खुवाउने अभियानले तेस्रो साता पूरा गरेको छ ।

अस्पतालका विरामी, कुरुवालगायत काली मन्दिर र शनि मन्दिर आसपासमा बसेर मागेर खानेहरुलाई पनि निःशुल्क खाना खुवाउने गरिएको हो । उद्घोष दैनिकको अनलाइनमा खबर छ ।

Loading...