birat ribon

खुकुरी प्रहार गरी भाइले गरे दाजुको हत्या

Neuro
खुकुरी प्रहार गरी भाइले गरे दाजुको हत्या

दोलखा, ११ वैशाख । दोलखाको शैलुङ गाँउपालिकामा भाइले दाजुको हत्या गरेका छन् ।

Padelux insider
cura insider

शैलुङ गाँउपालिका वडा नम्बर ३ का ५३ वर्षीय भाइ रामबहादुर खड्काले आफ्नै सहोदर दाइ ५७ वर्षीय दुर्गाबहादुर खड्काको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराका अनुसार मौरीको घारको विषयमा विवाद हुँदा भाइले दाजुमाथि खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट घाइते दाजु दुर्गाबहादुरलाई उपचारको लागि धुलिखेल अस्पताल लादैगर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक बोहोराले जानकारी दिए ।

घटनाको जानकारी आएलगतै प्रहरीले अभियुक्त रामबहादुर खड्कालाई खुकरीसहित पक्राउ गरेको छ ।

jackson ribon