एम्बुलेन्समा हालेर संक्रमितसँगै विराटनगर ल्याइएका चारैजनामा कोरोना

विराटनगर, ११ वैशाख । बुधबार उदयपुरका थप चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटा तीनवटा स्वाबको नमुना जाँचगर्दा रिपोर्ट पोजेटिभ आएको बुधबार दिउँसो बताएका थिए । एक जनाको साँझ पुष्टि भएको हो ।

दिउँसो पोजेटिभ देखिएकाहरु २४, ६० र ७२ वर्षीय पुरुष रहेको जनाइएको छ । उनीहरु सबै यसअघि कोरोना पुष्टि भएका १३ जनाका साथी हुन् । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणका क्रममा उनीहरुमा कोरोना पोजेटिभ भएको प्रवक्ता देवकोटाले बताए । आजको उद्घोष दैनिकको अनलाइनमा खबर छ ।

एकै स्थानमा धेरै सङ्क्रमित पाइएपछि के नेपालमा भाइरस सङ्क्रमणको तेस्रो चरणमा पुगेको हो भन्ने प्रश्न उठेका छन्। तर सङ्क्रमितहरूको विस्तृत जानकारी प्राप्त नहुँदै तेस्रो चरण अर्थात् समुदायस्तरमा रोग फैलिने चरणमा प्रवेश गरेको भन्न नसकिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन्।

उक्त जिल्लाको त्रियुगा नगरपालिका ३ बाट सङ्कलन गरिएका नमुनामा अहिलेसम्म २७ जनामा सङ्क्रमण पुष्टि भएको छ। आजको हाम्रोमत दैनिकको अनलाइनमा खबर छ ।

Loading...