प्रधानमन्त्री ओली अध्यादेशको औचित्य पुष्टि गर्ने प्रयासमा

काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको औचित्य पुष्टि गर्ने प्रयास सुरु गरेका छन् ।

केन्द्रीय सचिवालयको निर्णयविना नै अध्यादेश जारी भएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेताहरूले नै प्रश्न उठाइरहेका वेला प्रधानमन्त्री ओलीले त्यसको औचित्य पुष्टि गर्ने गरी छलफल अघि बढाएका हुन् ।

बुधबार अर्का अध्यक्ष प्रचण्डसमेतको उपस्थितिमा सरकारी निवास बालुवाटारमा संघीय सांसदहरूको भेला राखेर प्रधानमन्त्री ओलीले छोटो समयमै अध्यादेश ल्याउनुका कारण र उद्देश्यमाथि प्रकाश पारे।

उनले कुनै पार्टी फुटाउने, जुटाउनेभन्दा पनि विश्वव्यापी लोकतान्त्रिक अभ्यास, विधि, प्रक्रियालाई समेत आत्मसात् गर्दै अहिलेको परिवेश, सन्दर्भ र आवश्यकताको सिद्धान्तअनुसार अध्यादेश ल्याइएको पृष्ठभूमिसहितको फेहरिस्त प्रस्तुत गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

समाजवादी पार्टी र जनता पार्टीबीच गए राती पार्टी एकता भएको छ । एकता पछिको नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी रहने निर्णय भएको छ ।

सहमति अनुसार चुनाव चिन्ह भने राजपाले प्रयोग गर्दै आएको छाता नै कायम गर्ने सहमति भएको छ भने झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रङ्ग बीचमा तारा राख्ने सहमति भएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Loading...