तौल घटाउन अधिक प्रभावकारी डिटक्स वाटर (बनाउने विधिसहित)

एजेन्सी, १० वैशाख । तौल घटाउने यात्रामा मानिसहरू अधिक एक्सर्साइज गर्ने, धेरै खानेकुराहरूको त्याग गर्ने गर्छन् र आवश्यक पोषण खान बिर्सिन्छन् । तर, तौल घटाउनका लागि पनि सन्तुलित भोजन खान आवश्यक हुन्छ ।

Female showing how much weight she has lost by wearing her old jeans that are sizes too big

त्यसैले, तौल घटाउने यात्रालाई थप प्रभावकारी बनाउनका लागि डिटक्सीफिकेसन (शरीरमा भएका अनावश्यक खराव तत्वहरूलाई हटाउने प्रक्रिया) हुनु आवश्यक हुन्छ ।

त्यसैले शरीरलाई डिटक्स गर्नका लागि डिटक्स पेय पदार्थहरू तौल घटाउनको लागि निकै प्रभावकारी हुन सक्छ ।

डिटक्स पेय पदार्थहरूले शरीरमा उचित पाचन सजिलो पार्छ र राम्रो पाचन प्रणाली स्वस्थ राखी तौल घटाउनको लागि महत्वपूर्ण हुन्छ ।

डेटक्स वाटरले पनि शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्न मद्दत गर्दछ र शरीरको मेटाबोलिज्मलाई पर्याप्त वृद्धि गर्दछ ।


एक राम्रो मेटाबोलिज्म र पाचन प्रणालीले तौल घटाउने लक्ष्य सजिलै प्राप्त गर्न मद्धत गर्दछ ।

एउटा गोल सेट गरी तनाव नलीकन पर्याप्त सन्तुलित आहार र एक्सर्साइजका साथ डिटक्स वाटरको सेवनले सजिलै तौल घटाउन सकिन्छ ।

तल दिएका कुनै एक तरिकाले डिटक्स वाटर बनाउन सकिन्छ ।

कागती र अधुवा डिटक्स वाटर : एक गिलास मनतातो पानीमा अलिकति कागतीको रस र थोरै कोरेर राखेको अधुवा राखेर डिटक्स वाटर बनाउन सकिन्छ ।

यसलाई १ देखि २ महिना सम्म दिनको २ गिलास बिहान खाली पेटमा सेवन गरे अवश्य लाभ मिल्ने छ ।


दालचिनी डिटक्स वाटर : एउटा भाडामा मनतातो पानी र एक सानो चम्चा दालचिनी राखेर डिटक्स वाटर तयार पार्न सकिन्छ ।

जति धेरै समय यस मिश्रणलाई छोडिन्छ त्यति नै मज्जाले दालचिनी पानीमा मिसीन्छ ।

दालचिनीले थोरै समयमा बोसो पगाल्न  सक्ने हुँदा नियमित रुपले सुत्नु अघि एक गिलास दालचिनीको डिटक्स वाटर पिउन सकिन्छ ।

काक्रा र पुदिना डिटक्स वाटर : एउटा भाडामा पानी राखी काक्राका केही टुक्रा र पुदिनाका केही पत्ता राखेर डिटक्स वाटर बनाउन सकिन्छ ।

यसलाई मिक्स गर्न केही समयका लागि छोडेर दिनभरि नै येही पिउन सकिन्छ । यसले शरीरको बिकर पदार्थहरूलाई सजिलै बाहिर निकाल्न मद्धत गर्छ । 

Loading...