‘टम एन्ड जेरी’ का निर्देशक जिन डिचको निधन

एजेन्सी, १० वैशाख । विश्व चर्चित कार्टुन सिरिज ‘टम एन्ड जेरी’ का निर्देशक जिन डिचको निधन भएको छ ।

अमेरिकाका ओस्कर विजेता, लेखक र  फिल्म निर्देशकसमेत रहेका जिन डिचको ९५ वर्षको उमेरमा असामयिक निधन भएको हो ।

बिहीबार नै उनको निधन भए पनि कारणले भने खुलाइएको छैन । पर्दा पछाडिबाट काम गर्दै, उसले “टम र जेरी” को १३ एपिसोडहरूका साथै “पोपाई द सेलर” श्रृंखलाको निर्देशन गरेका थिए ।

उनको फिल्म मुन्रोले सन् १९६० मा एकेडेमी अवार्ड जितेको थियो । प्रागमा बस्दै आएका उनका श्रीमती र तीन छोरा छन् । उनीहरू पनि कार्टुनिस्ट र चित्रकार हुन् । 

Loading...