birat ribon

असहाय बालबालिकाका लागि खाना लिएर आश्रम पुगे पल शाह (भिडियो)

Neuro
असहाय बालबालिकाका लागि खाना लिएर आश्रम पुगे पल शाह (भिडियो)

विराटनगर, १० वैशाख । केही दिन यता अभिनेता पल शाहले विपन्न तथा आर्थिक स्थिति कमजोर रहेका चलचित्र प्राविधिकहरूलाई आफैंले भेटेर उनले पाँच लाखबराबरको राहत सामाग्री हस्तान्तरण गरेका थिए ।

Padelux insider
cura insider

कोरोना सङ्क्रमणको जोखिमका कारण भएको लकडाउनले जनजीवन निकै प्रभावित भइरहेको बेला पलले फेरि पनि सहयोगको हात अघि बढाएका छन् ।

सोमबार साँखुमा रहेको एक आश्रममा पुगेर पलले सहयोग गरेका छन् । समाजसेवी विमल पन्तको समूहसँग मिलेर आश्रममा पुगेका पलले त्यहाँ रहेका असहायहरूलाई खाना खुवाएका हुन् ।

आश्रममा रहेका ५५ जना द्वन्द्वपीडित तथा अपाङ्ग असहायहरूलाई उनीहरूले खाना खुवाएका हुन् ।

आश्रममा दुई वर्षदेखि १८ वर्षसम्मका बालबालिकाहरू छन् । पल र समूहले खाना खुवाउनुका साथै केही खाद्यान्न पनि सहयोग गरेका छन् ।

उक्त समूहले यस जटिल समयमा ठाउँ ठाउँमा गएर निःशुल्क खाना वितरण गरिरहेका छन् ।

jackson ribon