आपतविपतमा मेरै याद आयो है : कविता

आभास

आपतविपतमा मेरै याद आयो है,
तिमLलाई थाहा छैन होला
जब तिमिले मलाई धिक्कार्दै
छिःछिः यस्तो गाउँमा नि कोही बस्छ
भनेर कुम्लो कसी शहर पस्दा
म कति रोएँ भनेर ।

धेरै अन्नबाली फल्ने तिम्रो खेत
आज मिहेनती हातहरूको पर्खाइमा बसिरहेको छ
कि,
कोही आएर आफूलाई कोट्याइदियोस् र,
म पहिला झैं ढकमक्क होऊँ ।

तिम्रो गाउँको महलझैं घरले
आज तिमिलाई खोजिरहेको छ र,
यो गाउँले तिमिलाई सम्झिरहेछ ।

आज पनि जब तरकारी र
अन्नको भाउँ उकासिन्छ तब
तिमी आफ्नो गाउँको बारी सम्झिन्छौं र,
कोरोना जस्तो माहामारीको बेला आफ्नो गाउँ
मलाई बाडुल्की लाग्छ अनि आफ्नो चित्त बुझाउँछु
कि,
मेरो यादले तिमिलाई सताउँदो रहेछ ।

Loading...