लघुकथा : सासूआमा

दिपक खनाल अगम

मालती दिनभरि आफ्नो जागिरमा व्यस्त हुन्थिन् । साँझ र बिहान घरायसी काम घरधन्दा भान्सा, सफासुगर, छोराछोरीको हेरचाह र  हालसालै देखि पक्षघात  (परालाईसेस् ) बाट थला परेकी सासूआमाको स्याहारसुसारले आफै पनि थला पर्न सक्ने बलियो सम्भावनामा थिईन् ।

सुरुका वर्षहरुमा सासूआमाले मालतीलाई सहज व्यवहार नगरेपनि मालती आफू शिक्षित,जाने बुझेको र सामाजिक अभियन्ता भएको कारणले त्यस्तो पालाको पैचो तिर्नेकाम  केही गरिनन् । स्वेच्छाले वा पारिवारिक कर्तव्यले हो, आफ्नो कर्तव्य निभाईरहिन् ।

हिजोआज मालती पुजाकोठामा साझ र बिहानमा प्रार्थना, पुजापाठ गर्दा उनको सात वर्षको छोरा पनि सँगै आएर पुजापाठ गर्छ ।

सात वर्षको केटो यसरी धर्म कर्ममा आस्था राखेको देखेर मालती आश्चर्य मान्दै एकदिन छोरालाई सोधिन् । बाबू  ! तँ बिहान बेलुका म सँगै भगवान्को प्रार्थना, पुजापाठ के को लागि गर्दैछस् ?

आमा !  म ममतामयी हजुरआमाको बिमार चाडो निको होस् भन्ने कामनाको लागि दिनहुँ हजुर सँगै प्रार्थना र पुजापाठ गर्दैछु ।

आफ्नो मनोकामनाको ठ्याक्कै बिपरित छोराको मनोकामना सुनेर मालती भावविह्वल हुन पुगिन् ।

Loading...