birat ribon

कृषि विश्वविद्यालयले बनायो तीतेपाती स्यानिटाइजर

Neuro
कृषि विश्वविद्यालयले बनायो तीतेपाती स्यानिटाइजर

भरतपुर, ९ वैशाख । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले तीतेपाती स्यानिटाइजर उत्पादन गरेको छ ।

cura insider

विश्वविद्यालयका उपप्राध्यापक सरोज सापकोटाका अनुसार विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले सो स्यानिटाइजर उत्पादन गरेको हो ।

इथानोल, ग्लिसिरोल, हाइट्रोजन पेरोअक्साइड र तीतेपातीको समिश्रणबाट स्यानिटाइजर उत्पादन गरिएको हो ।

तीतेपाती प्रयोग गरी बनाइएको स्यानिटाइजर पहिलो प्रयोग भएको सापकोटाले जानकारी दिए ।

उनका अनुसार सो स्यानिटाइजर विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार तयार पारिएको हो । केन्द्रले पहिलो चरणमा १८० लिटर स्यानिटाइजर उत्पादन गरेको र २० एमएलको बोतलमा प्याकिङ गरेको छ ।

स्यानिटाइजर सोमबारदेखि प्रयोगमा ल्याइएको छ ।

जिल्लाको नारायणगढ र नवलपुरको गैँडाकोट क्षेत्रका तरकारी तथा फलफूल बिक्री गर्ने व्यवसायी तथा कृषकलाई निःशुल्करूपमा वितरणसमेत गरिएको छ ।

सो अवसरमा विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलिया, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, जैविक प्रविधि केन्द्रका निर्देशक डा ईश्वरीप्रसाद कडरिया, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाललगायत उपस्थित थिए ।

jackson ribon