birat ribon

लकडाउनको समयमा अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नती धमाधम

Neuro
लकडाउनको समयमा अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नती धमाधम

काठमाण्डौ , ९ बैसाख । लकडाउनको समयकोअ अवसर पारेर काठमाण्डौ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग धमाधम निर्माण भैरहेको छ ।

Padelux insider
cura insider

लक डाउनमा सामाजिक दुरी कायम गर्दै धमाधम काठमाण्डौ स्थित अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको काम धमाधम भैरहको हो ।

कुल ३ हजार ५० मिटर रहेको विमानस्थलको धावनमार्गमाथप ३ सय मिटर बढाउनकालागि धमाधम निर्माण कार्य भैरहेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलको क्षमता बढाउन उडानमा थप सुरक्षा प्रत्याभूत गराउन थप धावनमार्ग निर्माण गरिएको बताए ।

एक मात्र अन्तराष्ट्रि विमानस्थलमा लकडाउने सबै उडान बन्द भएकोबोला ‘डिपार्टिङ वे’को काम पनि भइरहेको छ । जसले आकाशमा धेरै समय होल्ड हुने ट्राफिक जामको समस्या केही हदसम्म समाधान हुनेछ ।

विमानस्थल विस्तारको काम गर्दा कोरोना भाइरस संक्रमण रोकथामकालागि प्रर्याप्त सुरक्षा सतर्कता अपनाइएको मन्त्री भट्टराईले जानकारी गराएका छन ।
लकडाउनकै समयमा विमानस्थलमा नयाँ प्रस्थान हलको निर्माण सम्पन्न भइसकेको छ । १ हजार ५ सय यात्रु क्षमताको प्रस्थान हल निर्माण भएको हो । लकडाउनका कारण सम्पूर्ण उडान बन्द भएकाले दिउँसो समेत काम गर्ने वातावरण बनेको छ । अहिले विमानस्थलमा ९२ जना कामदारले काम गरिरहेका छन् ।

jackson ribon