प्रदेश १ को तरकारी थोक बजार सञ्चालन

मोहन ढकाल

विराटनगर, ९ वैशाख । मोरङको कटहरी गाउँपालिका १ जमटोकीमा रहेको प्रदेश १ को तरकारी थोक बजार सञ्चालन भएको छ ।

जिल्ला सहकारी संघ र प्रदेश कृषि तथा सहकारी मन्त्रालयसँगको सहकार्यमा प्रदेश १ को उक्त्त थोक बजार सञ्चालन भएको हो ।

किसानले ल्याएको सामान थोरै जनशक्तिको माध्यमबाट भीडभाड हुन नदिई तरकारी बजारमा अनलोड गराउने उपसमितिका संयोजक देबेन्द्र पौडेलले बताए ।

संयोजक पौडेलका अनुसार लकडाउनको समयमा किसान र उपभोक्ता बिचको दुरी कम गराउदै उत्पादन भएका तरकारी उचित मुल्यमा उपलब्ध गराउन थोक बजार सञ्चालनमा ल्याइएको हो ।

थोक बजारमा नेपालमा उत्पादन भएका तरकारी मात्रै खरिद बिक्रि हुनेछन । हाल विराटनगरमा मात्रै तरकारी पठाए पनि विस्तारै तराइमा उत्पादन भएको तरकारी पहाडमा र पहाडमा उत्पादन भएको तरकारी तराइसम्म ल्याउने योजना थोक बजारको छ ।

मोरङको कटहरी र जहदा गाउँपालिकामा गरेर करिव १ हजार बिगाहामा तरकारी खेती भैरहेको छ । यसैगरि सुनसरी र झापामा पनि लकडाउनले गर्दा उत्पादन भएको तरकारी बारीमै खेर गइरहेको छ ।

कृषक रतनकुमार सिंहका अनुसार लकडाउका कारण बजारमा ल्याउन नसक्दा लाखौ मुल्य तरकारी कुहिने अवस्थामा पुगेको थियो ।

नेपाल सरकारको कृषी तथा पशुपंक्षी मन्त्रालय अन्र्तगतको व्यावसायिक ‘कृषी तथा बजार व्यवस्थापन परियोजनाले, १७ करोड ४८ लाख रुपैया खर्चेर देशकै नमुना तरकारी तथा फलफुलको थोक बजार निर्माण गरेको हो ।

विराटनगरम महानगरपालिकासँगै सिमाना जोडिएको सिँघिया खोला किनारमा कटहरी गाप १ जमटोकीमा ५ बिगाहा २ धुर जग्गामा फैलिएको उक्त्त थोक बजारमा ३८ वटा थोक बिक्रि कक्ष र एउटा खुद्रा बिक्रि कक्ष छन ।

बैकिङ सुबिधा सहितको आधुनिक प्रशासकि भवन , शौचालय , चमेना गृह , डीप टयुबेल , सिसी टिभी , सवारी पार्किङ लगायतका सुबिधाहरु थोक बजार केन्द्रमा उपलव्ध छन।

बजारमा होलसेल पसल राख्न १४ सय ८८ वर्गमिटरको भवन र ३ सय ५१ वर्गमिटरको खुद्रा विक्री भवन निर्माण गरिएका छन । बजारमा प्रति वर्गमिटर ३० टन तरकारी भण्डारण क्षमता रहेको छ ।

Loading...