नयाँ डीआईजी तोकिए, प्रदेश १ मा ईश्वरबाबु कार्की

विराटनगर, ९ बैशाख । बढुवा भएर दर्ज्यानी चिह्न पाएका ७ डीआईजीले प्रदेश प्रहरीको जिम्मेवारी पाएका छन् ।

नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका दश जना अधिकृतलाई प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले दर्ज्यानी चिह्न प्रदान गरि नयाँ जिम्मेवार तोकेका हुन् ।

प्रदेश १ मा ईश्वरबाबु कार्कीले जिम्मेवारी पाएका छन् । यस्तै २ मा धिरजप्रताप सिंह, बाग्मती प्रदेश प्रमुखमा वसन्त लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश ५ मा रवीन्द्र धानुक, कर्णाली प्रदेशमा वसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तम सुवेदीले जिम्मेवारी पाएका छन् । ब्लाष्ट दैनिकको अनलाइनमा खबर छ ।

१३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ भेटिएको उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा तीन दिनमा ३ सय २१ जनाको स्वाब संकलन गरिएको छ ।

पहिलो दिन बैशाख ६ गते शनिबार संकलित ६९ वटा स्वाब नमूना मध्ये कोसी अस्पताल विराटनगरको ल्याबमा जारी परीक्षणका क्रममा २० वटा जतिको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । बाँकीको रिपोर्ट आजै साँझसम्म आइसक्ने प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरका निर्देशक डा।जयवेन्द्र यादवले बताए । उद्घोष दैनिकको अनलाइनमा खबर छ ।

Loading...