तौल बढाउन यी कुरामा विशेष ध्यान दिन आवश्यक

विराटनगर, ८ वैशाख । मोटोपनाले धेरै स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ, त्यसैले तौल नियन्त्रण गर्न धेरै महत्त्वपूर्ण छ ।

तर, धेरै व्यक्तिहरू पनि छन् जसलाई तौल बढाउनको चिन्ता हुन्छ । कम तौल भएका मानिसहरू आफ्नो तौल बढाउन धेरै उपायहरू अपनाउने गरिरहेका हुन्छन ।

तर, प्रश्न यो छ कि के तिनीहरूको तौल बढाउन अपनाएको तरीका सुरक्षित छ ?

वास्तवमा, तौल बढाउने केही तरिकाहरूले तौल त बढाउन सकिन्छ, तर यदि यो विधि गलत भयो भने यसले शरीरलाई हानी गर्न सक्छ ।

यदि सही तरिका अपनाइएमा, शरीरको तौल बढ्नुका साथै मांसपेशी पनि बढाउन मद्दत गर्दछ । सही तरिका अपनाएर तौल बढाउन यी कुरामा विशेष ध्यान दिन आवश्यक छः

डाइटः जति खायो तेती तौल बढ्छ । तर, यसको मतलब यो होइन कि राम्रो र स्वास्थ्य खानुको साटो जंक र प्रशोधित खाना धेरै मात्रामा खाने । तौल बढाउनका लागि अधिक कार्बोहाइड्रेट र प्रोटनिको सेवन गर्नुपर्छ ।

आवश्यकताअनुसार मात्र फ्याटको सेवन गर्ने । यदि हरेक ३ घण्टामा केही खान्नुहुन्छ भने तौल बढाउन ५०० देखि ७०० क्यालोरी बढी लिन आवश्यक छ । यसको लागि डाइट्रीसियनको सहायता लिन सकिन्छ ।

धेरै क्यलारी भएको खानाः तौल बढाउनका लागि धेरै क्यालोरी भएको खाना खानुपर्छ । मोटाउनका लागि फ्याटवाला खानेकुरा नै खानुपर्छ भन्ने जरुरी हुँदैन । क्यालोरी सेवन गर्नुअघि, गणना गर्नुहोस् र उच्च क्यालोरी युक्त स्वस्थ खाना खानुहोस् ।

दूध, पिनट बटर, नट, अन्न, चामल र जैतूनको तेल आदिमा क्यालोरीको उच्च मात्रा हुन्छ र यसको सेवनले तौल बढाउन मद्दत गर्छ ।

एक्सर्साइजः तौल बढाउनका लागि शरीरको मांसपेशी बढाउनुपर्ने हुँदा व्यायामले धेरै मद्दत गर्दछ । सुरुमा विशेषज्ञको सल्लाह लिएर व्यायाम गर्नुहोस् । यसले तपाईंको मांसपेशीहरूमा अत्याधिक भार राख्दैन र चोटपटक लाग्ने कुनै खतरा पनि हुँदैन ।

सुरुमा भारी उठाउनुभन्दा सानो व्यायामबाट सुरु गर्नुहोस् । जब शरीर भारी खालको व्यायामको लागि तयार हुन्छ, तब बिस्तारै व्यायामलाई बढाउन सुरु गर्नुपर्छ ।

रेकर्ड राख्नुहोस्ः यदि लामो समयदेखि तौल प्राप्त गर्न कोशिस गर्दै हुनुहुन्छ भने, यसलाई रेकर्ड गर्नु आवश्यक छ । यसको मतलव आफूले तौल बढाउनका लागि अपनाएको तरिकाको प्रभाव १५ दिनमा कति भयो भनेर हिसाब गर्नुपर्छ । विगतमा के खायो, कत्ति व्यायाम गर्‍यो के गलत गर्‍यो कि कति दिन व्यायाम गर्न छुट्यो भनेर रेकर्ड राखी आफू सावधान हुनुपर्छ ।

Loading...