Rumpum

Rumpum Advertisement

राति अबेर खाना खाँदा निम्तिन्छ विभिन्न समस्या

राति अबेर खाना खाँदा निम्तिन्छ विभिन्न समस्या

विराटनगर, ८ वैशाख । लकडाउनको कारणले अधिकांश मानिसहरूको दैनिक समय तालिकामा परिवर्तन भएको छ ।

aaa

र, अहिले सबैलाई धेरै समय भएको हुँदा धेरैजना मानिसहरू अब आराम गरी काम गर्न मन पराउँछन् ।

उनीहरूलाई लाग्छ कहिँ जान नपर्ने भएकोले सबै कामहरू सजिलै गर्न सकिन्छ । तर, यदि तपाईं राति पनि आरामले अबेर खाँदै हुनुहुन्छ भने यसले स्वास्थ्यलाई हानि पुर्‍याउन सक्छ ।

यदि तपाईं यहि प्रकारको दिनचर्या अपनाउँदै हुनुहुन्छ भने एकचोटि यसको कारण हुने क्षतिलाई हेर्नुहोस्:

तौल बढाउछ : रातको समयमा शरीरको मेटाबोलिजम ढिलो र कमजोर रहन्छ, जसको कारणले राती खाएको खाना पचाउन गाह्रो हुन्छ । यस कारणले गर्दा, अत्यधिक मात्रामा क्यालोरीहरू रातमा बर्न हुन पाउँदैन र शरीरको तौल बढ्ने गर्छ ।

रक्तचाप बढाउछ : धेरै विज्ञहरूका अनुसार राति अबेर खाना खाँदा रगतको चापको साथ रगतमा चिनीको मात्रा पनि बढ्छ, जसले स्वास्थ्यलाई नोक्सान पुर्‍याउँछ ।

निन्द्रामा समस्या : एक रिपोर्टका अनुसार राति खाजा खाँदा वा खाना खाएमा निन्द्रा चक्र गडबड हुन्छ, जसले निदाउनमा समस्या निम्त्याउन सक्छ । साथै ग्यास्ट्रिक समस्याहरू पनि हुन सक्छ । निन्द्रामा समस्या आउनेबित्तिकै शरीरमा विभिन्न स्वास्थ्य समस्याहरू देखा पर्न थाल्छ ।

छिट्टो रिस उठ्ने : यदि पर्याप्त निद्रा प्राप्त गर्न नसकेको खण्डमा मानसिक स्वास्थ्यलाई पनि असर गर्दछ । निन्द्रा नपुग्दा दिमागले पर्याप्त आराम पाउँदैन, यसको परिणामस्वरूप मानिसहरूलाई छिट्टै रिस उठ्ने हुन्छ ।