कोरोनाको प्रकोपले मनोसामाजिक समस्याको जोखिम

 गोपाल ढकाल, मनोविद

कोरोनाको प्रकोपले विश्व नै अहिले आक्रान्त बनेको छ । रोगको संक्रमण तथा अन्य प्राकृतिक विपत्तिको बेला तनाव, डर रचिन्ताका कारणविभिन्न किसिमकालक्षणहरु देखिन सक्छन् ।

कस्ता कस्ता लक्षण देखिन्छन् त ?

मनमा कुरा खेल्नु,झर्को लाग्नु, हातखुट्टा, जिउ काँप्नु, कट्कट् खानु वा झमझमाउनु, जिउ सिरिंग हुनु, मुख सुक्नु, पसिना आउनु, टाउको-पेट दुख्नु, रिगंटा लाग्नु, मुटुको चाल बढ्नु, भोक तथा निन्द्रा नलाग्नु, छिटो छिटो पिसाब लाग्नु, कब्जियत हुनु, प्रेसर बढनु,शरीरमा थकान लाग्नु, श्वास फेर्न गाह्रो हुनु, छाती भारी हुनु, रिस उठनु, ध्यान केन्द्रित गर्न नसक्नु, चाँडै बिर्सनु, मन दुःखी हुनु, सामान्यभन्दा बढी डर / चिन्ता / पिर पर्नु, छटपटि हुनु, निर्णय लिन नसक्नु, डरलाग्दो सपना देख्नु, पटक–पटक झस्कनु, निराश हुनु, कुनै कुरामा चाख नलाग्नु, आफू वा परिवार कसैलाई केही पो होला किभन्ने डर लाग्नु, शरीर तातो वा चिसो भएको महशुस हुनुजस्ता लक्षणहरुदेखिन सक्छन् ।

विपत्ति वा असहज अवस्थामा देखिनेयस्ता लक्षणहरु सामान्य र स्वभाविक लक्षणहरु हुन् ।यस्ता लक्षणहरु विपत्ति वा संकटको समयमा कतिलाई तुरुन्तैदेखिन्छन् भने कतिपयलाई केही दिनपछि मात्र देखिन शुरु हुन्छ । कोही कोहीलाई भने केही महिना वा वर्षपछि अचानक लक्षणहरु देखा पर्न सक्छन् ।

समस्या कसरी कम गर्न सकिन्छ ?

मनका वह पोख्न पाउँदा, घरपरिवार, साथीभाइ वा समाजको साथ र सहयोग मिल्दा, परिवारसँग बस्दा, सहयोगको आदानप्रदान हुँदा, सान्त्वना पाउँदा, विश्वस्त सूचना र उचित परामर्श पाउँदा, सुरक्षित वातावरण र अत्यावश्यक राहत पाउँदा, मनोरञ्चन, खेलकुद, व्यायाम, ध्यान पूजापाठ जस्ता कुरामा मन लगाउँदा, रिस र आक्रोश पोख्न पाउँदा, मन खोलेर रुन पाउँदा, सकारात्मक सोच राख्दा, आफ्नो ध्यानलाई रमाइलो कुरामा मोड्दा, दैनिक जीवनमा फर्कने प्रयास र धैर्यताले यी लक्षणहरु समय बित्दै जाँदा हराउँदै जान्छन् ।

कतिपय व्यक्तिमा यस्ता लक्षण कम हुँदै जानुको सट्टा झन् झन् बढ्ने पनि हुन सक्छ । जसलेमनोसामाजिक समस्या वा मानसिक स्वास्थ्य समस्याको जोखिम बढेर जान्छ ।यस्तो बेलामा विज्ञको सहयोग लिनुपर्छ ।

प्रत्येक व्यक्तिको मानसिक क्षमता फरक फरक हुने हुँदा यसले पार्ने असर पनि फरक फरक हुन्छ । साथै व्यक्तिपिच्छे कोही चाँडै सामान्य अवस्थामा फर्कन्छन् भने केहीलाई सामान्य अवस्थामा फर्कन समय लाग्न सक्छ ।

धेरै मानिसहरु ढिलो चाँडो सामान्य अवस्थामा फर्किन सक्ने भएतापनि केही प्रतिशत व्यक्तिहरुमा समस्याका लक्षणहरु हराउँदैनन् ।

विपत्तिको बेला देखिने स्वभाविक लक्षणहरु कम नभएमा वा बढ्दै गएमा, आफ्नो दैनिक काम गर्न कठिनाई भएमा, आफ्नो वरिपरिका मानिस, ठाउँ, समय राम्ररी ठम्याउन नसक्दा, अरुले नसुन्ने आवाज सुनेमा, अत्याधिक लागु पदार्थको सेवन गर्न थालेमा, मानसिक स्थिति र सन्तुलन गुमाएमा, नकारात्मक सोचाइ मात्र आइरहेमा, आत्महत्याको सोच, योजना वा प्रयास गरेमा, केटाकेटीको स्वभावमा परिवर्तन आएमा, विभत्स घटनाको यादले झस्काइरहेमामनोचिकित्सक, मनोविद् तथा मनोसामाजिक विमर्शकर्ताको सहयोग लिनुपर्छ ।

विपत्तिका बेला कस्ता कस्तामानसिक स्वास्थ्य समस्याहरु देखापर्न सक्छन् ?

लगातार आत्तिने रोग,दिक्दारीपन तथा आत्महत्याको सोचाई,पीडादायक घटनापछि उत्पन्न हुने एक विशेष मानसिक समस्या,अचानक विनाकारण हुने अत्याधिक त्रास,समायोजनको समस्या,तत्कालै देखापर्ने तनावजन्य समस्याआदिमामनोवैज्ञानिक सहयोगजरुरी हुन्छ ।

रोगको संक्रमणले परिवारका सदस्यहरु गुमाउनु पर्दा, आफूलाईनै संक्रमण देखिँदा वा संक्रमणको आशंका हुदाँ, मनमा दुःख, पीडा तथा भावनात्मक चोट पुग्छ नै साथै यसलाई सहन कतिपय अवस्थामा कठिन हुनसक्छ । रोगको प्रकोपले प्रभावित व्यक्तिहरुको मनोबल धेरै कम भएको हुनसक्छ ।यस्तो अवस्थामा भावनात्मक सहयोगको जरुरत पर्छ।

भावनात्मक सहयोगले अशान्त मनलाई शान्त बनाउन मद्दत गर्छ । समस्यालाई बढ्न र बिग्रन दिँदैन । आधारभूत आवश्यकता परिपूर्ति गर्न मदत गर्नु , उपचारको लागि मदत गर्नु , कोरोनाको संक्रमणबाट बच्ने सुरक्षाका उपाय अपनाउन सिकाउनुजस्ता व्यवहारिक सहयोग नैप्राथमिक मनोवैज्ञानिक सहयोग हो।

विपत्तिको बेला व्यक्तिको मनमा देखा पर्ने त्रास , भय , छटपटि , मानसिक अशान्ति , नैराश्यता र यसको कारण आउन सक्ने व्यवहारजन्य गडबडीलाई व्यवस्थापन गर्न दिईने सबै प्रकारको व्यवहारिक र भावनात्मक सहयोग नै प्राथमिक मनोवैज्ञानिक सहयोग हो ।यसले छोटो समयमा नै स्वस्थ भई आफ्नो काममा फर्कन मद्दत पुग्छ ।

प्रभावितमध्ये कसलाई मानसिक स्वास्थ्य समस्या देखा पर्छ वा कसलाई पर्दैन भनेर थाहा नहुने हुँदा जोखिममा परेका सबैले प्राथमिक मनोवैज्ञानिक सहयोग वा मनोसामाजिक सेवा लिनु राम्रो हुन्छ । यसो गर्दा लक्षणहरु छिट्टै हराउने र मानसिक स्वास्थ्य समस्याको रुपलिन पाउँदैन ।

परिवारका सदस्य गुमाएका व्यक्तिहरु, संक्रमित, बालबालिका, गर्भवती एवम् सुत्केरी महिला, अपाङ्ग, बृद्धबृद्धा, रोगी र अशक्तमा असर बढी पर्ने भएकोले उनीहरुलाई सामान्य जीवनमा फर्काउन मनोसामाजिक सेवा अरु सामान्य व्यक्तिको तुलनामा झनै बढी आवश्यक पर्छ ।

फोटो , गुगल ।

लेखक मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुन् ।

Loading...