मोरङका उद्योगीको माग : कर तिर्ने समय एक वर्ष थप्नु पर्छ

विराटनगर, ८ बैशाख । कोरोना भाइरसका कारण बन्दको अवस्थामा रहेकाबेला मोरङका दुई ठूला उद्योगी व्यापारीहरुको संगठन मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले कर तिर्ने समयावधि लकडाउन सकिएपछि १ वर्ष अवधि थप्न र बैंकको ब्याज तिर्ने अवधि ६ महिना बनाउन माग गरेका छन् ।

आज बसेको दुवै संगठनको संयुक्त छलफल पछि जारी विज्ञप्तिमा बन्दाबन्दी (लकडाउन)लाई पूर्ण समर्थन गर्दै लकडाउनको अवधिमा अत्यावश्यक वस्तु तथा सेवा उत्पादन गर्ने उद्योगहरुलाई स्वास्थ्य सुरक्षा सम्बन्धित पर्याप्त सावधानी अपनाई उद्योग व्यवसाय सञ्चालन गर्ने उल्लेख छ । हाम्रोमत दैनिकको अनलाइनमा खबर छ ।

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा स्वाब संकलनका लागि आएको नेपाली सेनाको छाउनी अस्पतालको चिकित्सकको टोली आइतबार काठमाडौं फर्किन पाएन । दुईसय ५० जनाको स्वाब संकलन गरेर फर्किने योजनाका साथ हेलिकप्टरमा आएको टोलीले आइतबार एकसय ५२ जनाको मात्रै स्वाब संकलन गरेको हो ।

बाँकी मानिसहरुको स्वाब संकलन गर्न ढिला भएपछि सेनालाई हेलिकप्टरमै फर्किन अप्ठेरो परेको थियो । राती हेलिकप्टर उड्न नसक्ने भएकोले सेनाको चिकित्सक टोली सोमबार विहानैदेखि स्वाब संकलन गरेर अपरान्ह स्वाबका नमूना लिएर फर्किने योजनाका साथ गाईघाटमै बसेको हो ।

आइतबार संकलन गरिएको स्वाबको नमूनालाई त्रियुगा नगरपालिकाले एम्बुलेन्समा हालेर काठमाडौं पठाएको हो । उद्घोष दैनिकको अनलाइनमा खबर छ ।

Loading...