birat ribon

सरकारलाई नाजिर हुसेनको यस्तो आग्रह

Neuro
सरकारलाई नाजिर हुसेनको यस्तो आग्रह

विराटनगर, ७ वैशाख । युवा पुस्ता माझ चर्चित रहेका अभिनेता नाजिर हुसेनले आफ्नो औपचारिक फेसबुकमार्फत सरकारलाई केही र कसैको नोक्सान नगर्न भनेका छन् ।

Padelux insider
cura insider

उनले आफ्नो फेसबुकमा दुई दिनदेखि एकै प्रकारको फोटो सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको फोटोमा उनले प्लेकार्ड बोकेको ।

लकडाउनको २५औं दिनको पहिलो फोटोमा उनले ‘कि खानदेउ, कि जानदेउ !’ हामीलाई सुरक्षित हुन मन छ भनेर लेखेका छन् ।

त्यस्तै लकडाउनको २६औ दिनको फोटोमा उनले सरकारलाई ‘सत्ता तपाईंसँगै छ, शक्ति तपाईंसँगै छ अनि लौरो पनि तपाईंसँगै छ !’ भनेर लेखेका छन् । यस पोष्टमार्फत उनले सरकारलाइ शक्तिको दुरुपयोग नगर्न आग्रह गरेको प्रस्ट बुझिन्छ ।

उनी अहिले सामाजिक सञ्जालमा निकै सक्रिय छन् ।

jackson ribon