छोराको नाम लकडाउन राखियो

एजेन्सी, ७ वैशाख । भारतीय दम्पतीले आफ्नो बच्चाको नाम घातक महामारी फैलिएको बेलामा भएको लकडाउनका आधारमा नाम राख्ने निर्णय गरेका छन् ।

उक्त बालकको जन्म देशको २१ दिन लकडाउनको सोमबार मध्य शियोपुर जिल्लाको बाचेरी गाउँमा भएको थियो ।

जब अस्पतालका कर्मचारीले आमा मन्जु मेललाई जन्म प्रमाणपत्रमा बच्चाको नाम के लेख्ने भनेर सोधिन्, उनले लकडाउन अवधिमा जन्म भएकोले उसको नाम लकडाउन राख्ने बताएकी थिइन् ।

लकडाउनका बुबा रघुनाथले मेरो छोरो र हाम्रो परिवारले जीवनभर संकटको यो समय सम्झने बताए ।

सम्पूर्ण विश्वले यस महामारीलाई रोक्न एक उपकरणको रूपमा लकडाउन प्रयोग गरिरहेको बेला यो एक महत्वपूर्ण नाम हो ।

साथै, लकडाउनका बुवाले लकडाउनलाई गम्भीरतापुर्वक लिन आग्रह गरेका छन् ।

यसअघि भारतमा गत महिना एक दम्पतिले आफ्नो जुम्ल्याहा बच्चाको नाम कोरोना र कोभिड राखेका थिए ।

Loading...