विराटनगरका ६५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि

विराटनगर, ७ बैशाख। शनिबार कोरोना पोजेटिभ देखिएका व्यक्ति उदयपुरको मस्जिदबाटै ल्याइएका विराटनगरका व्यक्ति भएको खुलेको छ ।

शुक्रबार कोरोना पुष्टि भएका १२ जनासँगै बसेका ४ जनामध्येका ६५ वर्षीय व्यक्तिमा कोरोना पुष्टि भएको हो ।

यसअघि दुई पटकको परीक्षणमा नेगेटिभ रिपोर्ट आएका एक व्यक्तिबारे शंका लागेपछि पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको कोशी अस्पताल विराटनगरका बरिष्ठ फिजिसियन डा।दिपक सिग्देलले जानकारी दिनुभयो ।

उनको स्वाबको नमुना कोशी अस्पतालकै प्रयोगशालामा पुनः परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो । हाम्रोमत दैनिकको अनलाइनमा खबर छ ।

विराटनगरका मस्जिदमा ९ जना पाकिस्तानी र १० जना भारतीयहरु बसिरहेका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा भएको छलफलका क्रममा यहाँका मुस्लिम अगुवाहरुले उक्त जानकारी दिएका हुन् । उनीहरुको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गर्दा सवैको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।

विभिन्न मस्जिदका प्रतिनिधि र मुस्लिम समुदायका अगुवाहरुसहित प्रमुख जिल्ला अधिकारी मदन भुजेलको उपस्थितिमा बसेको बैठक सम्पन्न भएको हो । आजको उद्घोष दैनिकको अनलाइनमा खबर छ ।

Loading...