प्रधानमन्त्रीले भने ‘कोरोना सङ्क्रमण अन्त्य नै लकडाउनको अन्त्य’

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस सङ्क्रमण फैलन नदिन बन्दाबन्दी (लकडाउन) प्रभावकारी विधि भएकाले कोरोना सङ्क्रमण अन्त्यको सुनिश्चिततापछि मात्र यसलाई अन्त्य गरिने बताएका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा गोरखापत्रसहित राज्यको स्वामित्वमा रहेका सञ्चारमाध्यमहरूसँँगको विशेष अन्तर्वार्तामा सो कुरा स्पष्ट गरेका छन् । प्रधानमन्त्री ओलीले कोरोना निर्मूल नभएसम्म लकडाउन अन्त्य नहुने र भारतमा सङ्क्रमणको स्थिति नहेरी सीमा खोल्न पनि नसकिने स्पष्ट पारेका छन् ।

सरकारले समयमै लकडाउन, सीमाबन्द र नागरिकमा जनचेतना लगायतका विधि अपनाई काम गरेकाले कोरोना भाइरस सङ्क्रमणले नेपालमा विकराल रूप लिन नपाएको बताउँदै प्रधानमन्त्री ओलीले भने, “अब यसले हामीलाई झुक्याउन सक्दैन । ” आजको गोरखापत्र दैनिकमा खबर छ ।

सरकारले सर्वोच्च अदालतको अन्तरिम आदेश छलेर मुलुकलाई ठूलो व्ययभार हुने गरी भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको‌ खुलेको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमण त्रासले देशै संकटमा परेका बेला सर्वोच्चको आदेशविपरीत गुपचुप आयोग गठन गरिएको हो।

सुकुम्बासी समस्या समाधान आयोग गठन अवैध रूपमा गरिएको भन्दै सर्वोच्चले २०७१ सालमा अन्तरिम आदेशमार्फत त्यसलाई रोक लगाएको थियो। त्यो आदेश अहिलेसम्म खारेज भएको छैन। आदेश चालू रहेकै अवस्थामा त्यसविपरीत उस्तै प्रकृतिको भूमि आयोग गठन गरिएको हो।

गत चैत ९ गते नै आयोग गठन गरे पनि गुपचुप राखिएको थियो। मन्त्रिपरिषद् बैठकको उक्त निर्णय मंगलबार राजपत्रमा प्रकाशन भएपछि मात्र सार्वजनिक जानकारीमा आएको हो। आयोग पदाधिकारीले बुधबार नियुक्तिपत्र बुझेका छन्। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

Loading...