birat ribon

मैले आठ लाख सहयोग गर्ने घोषणा गरेको समाचार झुटो : विराज भट्ट

Neuro
मैले आठ लाख सहयोग गर्ने घोषणा गरेको समाचार झुटो : विराज भट्ट

विराटनगर, ६ वैशाख । नेपालमा जारी लकडाउनका कारण जनजीवन निकै प्रभावित बन्दै गएको छ ।

Padelux insider
cura insider

यसले दैनिक काम गरेर जीविका चलाउनेदेखि मध्यम वर्गका मानिसलाई निकै समस्या परेको छ ।

त्यस्तै, विपन्न तथा आर्थिक स्थिति कमजोर रहेका चलचित्र क्षेत्रमा काम गर्ने प्राविधिकहरूलाई चलचित्रकर्मीहरूले सहयोग गरिरहेका छन् ।

अभिनेता पल शाह, पूजा शर्मा, वर्षा राउत, दीपकराज गिरीसहितको छक्का पन्जा टिम, वर्षा शिवाकोटी, करिष्मा मानन्धरलगायतका चलचित्रकर्मीले आफ्नो ठाउँबाट सक्दो सहयोग गरिरहेका छन् ।

यस्तैमा, केही दिनयता सामाजिक सञ्जालमा अभिनेता विराज भट्टले कोरोना भाइरस रोकथामका लागि आठ लाख सहयोग गर्ने समाचार भाइरल भइरहेको छ ।

उक्त समाचार सेयर गर्दै विराजको सबैतर्फबाट तारिफ भइरहेको छ । तर, विराज आफैंले अहिलेसम्म आफूले कुनै पनि आर्थिक सहयोगको घोषणा नगरेको बताएका छन् ।

कोही अन्जान व्यक्तिले उक्त अफवाह फैलाएको विराजले बताउँदै विराजलेआफूले आठ लाख सहयोग गर्न लागेको समाचार झुटो रहेको बताएका छन् ।

jackson ribon