birat ribon

घरफर्कनेहरुलाई थानकोटमा क्याम्प बनाएर राख्न थालियो

Neuro
घरफर्कनेहरुलाई थानकोटमा क्याम्प बनाएर राख्न थालियो

विराटनगर , ६ बैसाख । लक डाउनकामा भोकभोकै परेपछि काठमाण्डौबाट थानकोटा नाकाहुदै घर फर्कनेहरुलाई चन्द्रगिरी नगरपालिकामा क्याम्प बनाएर राख्न थालिएको छ ।

Padelux insider
cura insider

लक डाउनका कारण बाटोमा अलपत्र परेका श्रमिक, मजदुरहरुलाई नगरपालिकाको थानकोट स्थित त्रिभुवन पार्कमा शुक्रबारदेखी क्याम्प बनाएर राख्न थालिएको हो ।

उपत्यकाको विभिन्न जिल्लामा मजदुरी गर्दै आएका तर लक डाउनका कारण हिडेर घर जान लागेका उनीहरुलाई सांसदहरुको पहलमा खानेबस्ने व्यवस्थासहित क्याम्पमा राखिएको चन्द्रागिरी महानगरपालिका प्रबक्त्ता हरिभक्त्त महर्जनले बताए ।

उनका अनुसार काठमाडौं क्षेत्र नम्बर १० बाट निर्वाचित सांसद सांसद अञ्जना विशंखे लगायले घर फर्कनेहरुलाई क्याम्पमा राख्ने व्यवस्था मिलाइरहका छन ।

सांंसद बिशंखेले कष्ट झेल्न नपरोस भनेर खाने, बस्ने व्यवस्थासहित स्वास्थ्य जाँच गरी क्याम्पमा राखिएको बताइन । शुक्रबारदेखी हालसम्म क्याम्पमा हाल ३ सय जना बसिरहेका छन ।
त्यहाँ विभिन्न १५ वटा स्टल बनाएर उनीहरुको खाने बस्ने व्यवस्थापन गरिएको छ । नेपाली सेनाले डिसइन्फेक्सनको काम गरिरहेको छ । स्वास्थ्य जाँच कक्ष निर्माण गरी उनीहरुको स्वास्थ्य पनि जाँच भइरहेको छ ।

क्याम्पसमा बस्नेहरुलाई सामाजिक दुरी कायम राख्न र विभिन्न समूह बनाएर आफ्नो समूहमा भएका समस्या समूह नेता मार्फत भन्ने व्यवस्था मिलाइएको छ ।

छुट्टै हात धुने स्यानिटाइजर र मास्क प्रयोगको प्रबन्ध पनि गरिएको छ । क्याम्पबाट भाग्न नदिन बाहिर प्रहरीले सुरक्षा दिइरहेको छ । ज्वरो नापजाँचपछि काउसिलिंग गरेर केहीलाई डेरातिर फर्काइने छ ।

स्थानियलाई चाँही चिन्ता

केहीलाइ चाँही सरकारको निर्देशन अनुसार रेस्कयु गरेर गनतव्यतर्फ पुरयाइने छ ।
स्थानियहरु चिन्तित

माननिय सांसदहरुको पहलमा बस्ती भन्दा टाढा रहेको पार्कमा क्याम्प बनाएर घर फर्कने मान्छेहरुलाई राख्नथालेपछि स्थानियहरु भने चिन्तित बनेका छन ।

काठमाण्डौमा लाखौ मानिश अझै पनि बाहिरकै बसोवास गरिरहेको , क्याम्पमा आउनेक्रम बढयो भने धान्न नसकिने र जोखिम झन बढेर जाने चिन्ता स्थानियको छ ।

चन्द्रगिरी नगरपालिका प्रबक्त्ता हरिभक्त्त महर्जनले भने , , हाम त राम्रो हो तर दिगो कसरी राख्ने भन्ने चाँही चिन्ता छ ।,

फोटो , सांसद बिशंखे सचिवालय ।

jackson ribon