birat ribon

निर्देशन पालना नगरेको आरोपमा सरुवा रोग अस्पतालका बिशेषज्ञ कार्वाहीमा

Neuro
निर्देशन  पालना नगरेको  आरोपमा सरुवा रोग अस्पतालका बिशेषज्ञ कार्वाहीमा

काठमाण्डौ , ६ बैसाख । कोराना परिक्षणको सूचना चुहाएको र दिएको निर्देशन पालना गर्न अटेर गरेको आरोपमा शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल,टेकुमा कार्यरत सरुवारोग विशेषज्ञ डा ,शेरबहादुर बिभागिय कार्वाहीमा परेका छन ।

Padelux insider
cura insider

कोरोना भाइरस संक्रमण परिक्षणको बिरामीको ब्यक्तिगत विवरण चुहाई पदीय मर्यादा र पेशागत आचारसंहिता विपरित काम गरेको आरोपमा उनी अनुशासनको कार्वाहीमा परेका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर पुनलाई हाल जगेडामा काज सरुवा गरेको छ । सूचना चुहाएको भन्दै उनलाई मन्त्रालयले स्पष्टिकरण सोधेको थियो ।

त्यसमा डा पुनले चित्तबुझदो जवाफ नदिएको भन्दै उनलाई जगेडामा रहनेगरि मन्त्रालय काज सरुवा गरिएको मन्त्रालयका प्रबक्त्ता डा बिकास देवकोटाले बताए ।

मन्त्रालयका अनुसार डा पुनले केही दिन अघि तराई क्षेत्र कोरोनाको उच्च जोखिममा रहेको र काठमाडौं भने पूर्णतया सु्रक्षित रहेको अभिव्यक्ति दिएका थिए ।

शुक्रवार चितवनमा २ जना र उदयपुरमा १२ गरी १४ जना कोरोना नयाँ संक्रमित थपिएको सूचना मिडियालाई प्रेस कन्फरेन्स हुनुअगावै चुहाएरको आरोप पनि उनलाई लगाइको छ ।

सूचना चुहाएको आरोपमा उनलाई पहिले पनि मन्त्रालयमै बोलाएर पटक –पटक चेतावनी दिइएको तर उनले निर्देशन अटेर गर्ने गरेको आरोप मन्त्रालयको छ ।

यता डाक्टर पुनले सरकारको नीति,रणनीतिहरुका बिषयमा आपुले केही नबोलेको तर संकटमा मौन बस्न मनले नमानेको स्पिष्टिकरणमा उत्तर दिएका छन ।

jackson ribon