Rumpum

Rumpum Advertisement

लघुकथा:- अन्तर्राष्ट्रिय भाषा

लघुकथा:- अन्तर्राष्ट्रिय भाषा


दिपक खनाल अगम

समय र शक्तिको परिवर्तन संगै अाफ्नाे भाषालाई अन्तर्राष्ट्रिय भाषा बनाउनु पर्छ भन्दै अधिकाम्स देशहरुबाट आआफनो  देश र भाषाको प्रतिनिधित्व गर्दै संयुुक्त राष्ट्र संघकाे कार्यलयमा सयौं प्रतिनिधिमण्डलकाे उपस्थिति थियोे ।

निर्णायक मण्डलको  प्रश्न । “तपाईंहरुकाे भाषालाई  किन निरन्तरता दिने ? र तपाईंहरुकाे भाषालाई किन अन्तर्राष्ट्रिय भाषा बनाउने ?” अङ्ग्रेजी बोल्नेहरु एकसाथ याे भाषालाई नै निरन्तरता दिता सजिलो हुन्छ किनकि हाल याे भाषा नै संसारका अधिकाम्स मनिसहरुले बाेल्न सक्छन् ।

म्यानड्रिन (चाईनिज) हाल याे संसारको दोस्रो ठुलो भाषा हाे अन्तर्राष्ट्रिय भाषा बनाएको खण्डमा  केही वर्षमा नै याे भाषा सजिलै पहिलो बन्न सक्छ । किनकि याे भाषा आफैमा पुर्ण र विकसित छ ।

त्यसैगरी हिन्दी, स्पेनिश र फ्रेन्च भाषा बाेल्नेहरुले पनि आआफनो महत्त्वपूर्ण तर्क र पावर पइन्टस प्रस्तुत गरें ।

जब पालाे नेपाली भाषाको अायाे । नेपाली प्रतिनिधिमण्डलले बाेल्नु अगाडि नै निर्णायकमण्डलले भनें । “हाम्रो बुझाई अनुसार तपाईंहरुकाे भाषा अझै बिकासकाे क्रममा छ !”

उदाहरणकाे लागि जब काेराेना भाईरसले संसार हल्लाएकाे थियाे । त्यसबेला सम्म पनि तपाईंहरु अाफ्नाे बस्ती बस्तीमा आयतित शब्दहरु प्रयोग  गर्दा आफुलाई शिक्षित वा सभ्य सम्झनु हुन्थ्यो । जस्तैः काेराेना भाइरस, ल याे नाम भयाे ठिकै छ, परिवर्तन गर्न नमिल्ला । तर,अरु शब्दहरु लकडाउन, क्वारटिन, आईसलेसन् र स्यानटाइजर के तपाईहरुकाे भाषाकाे शब्दकोषमा याे शब्दहरु छैनन् वा अाफ्नै शब्द बनाएर भन्न मिल्दैन ?

“के तपाईंहरुकाे भाषा बिकास समितिको स्थापना भएकाे छैन ?” छैन भने गएर याे काम गरिहाल्नाेस् । हेडसेटबाट याे कुरा सुनेर बुझेका नेपाली प्रतिनिधिमण्डलहरुले अब भाषा बिकास  समितिको स्थापना गर्ने र आफु समितिको अध्यक्ष हुने दाबी र झगडा गर्दै गरेकाे देखेंर अरु प्रतिनिधिमण्डल आश्चर्यमा परेका थिए ।