विराटनगर, ६ वैशाख । कोरोना भाइरसको संक्रमणको जोखिमलाई कम गर्नका लागि सरकारले लागू गरेको लामो लकडाउनले जनजीवन प्रभावित भएको छ ।

यस्तो अवस्थामा विभिन्न व्यक्तिहरूले आफ्नो ठाउँबाट सक्दो सहयोग गरिरहेका छन् ।
नेपाली सेलिब्रेटीहरूले पनि आ-आफ्नो तर्फबाट सहयोग गर्दै र अरुहरूलाई पनि गर्न अपिल गर्दै आएका छन् ।
यस्तैमा अभिनेत्री करिश्मा मानन्धरले पनि गाह्रो समयमा सहयोगको कदम चालेकी छन् ।
उनले छिमेकमा डेरा गरी बस्ने आर्थिक अवस्था कमजोर भएकालाई राहत वितरण गरेकी छिन् ।
उनले नुन, दाल, चामल जस्ता दैनिक उपभोग हुने आवश्यक खाद्यान्न वितरण गरेकी हुन् ।
यस्तै उनले टौखेल वरपर डेरा गरी बस्ने व्यक्तिहरूलाई आवश्यक परे आफूलाई सम्पर्क गर्न आग्रह गर्दै फेसबुकमा स्ट्याटस राखेकी छन् ।
शुक्रबार बिहान केही व्यक्तिलाई सहयोग गरेको र तयारी पूर्ण रूपले गर्न नसेको हुँदा केहीलाई फर्काउनु परेकोमा आफू दुखित भएको समेत बताएकी छन् ।
तर आफू तयारी गर्दै यस क्रमलाई भोलिदेखि निरन्तरता दिने बताएकी छन् । साथै उनले आवश्यक परेका व्यक्तिलाई आफ्नोतर्फबाट सक्दो सहयोग गर्न पनि अनुरोध गरेकी छन् ।