तिम्रो आस्थामा मलाइ गर्व छ

प्रगतिशिल साहित्यकार पारिजात प्रति समर्पित कविता । दार्जिलिङको लिङ्गिया चियाबगानमा विसं १९९४ बैशाख महिनामा जन्मिएकी पारिजातको मृत्यु २०५० साल वैशाख ५ गते काठमाण्डौमा भएको थियो ।

ऋृतु आसिक

आस्था जहिले पनि

अविचल अक्षुण रहन्छ

आस्था उजेलिदै जाञ्छ

आस्थाका सम्बाहकहरु

अझै आफ्ना शिरानीमा

आस्थाका सम्बाहकको

ज्योतिपुञ्ज रोपेर

सास छउन्जेल आखा भित्र

आस्थाका वालीहरु

भित्राउछन ।

आस्था मार्दैमा

मर्दैन विचार मर्दैन ।

आस्थाको सम्बाहकको

हत्या पछि

अफ्रिकामा कत्रो जुलुसको

समुन्द्र उरालेको थियो ।

प्रजातन्त्र जहिले पनि वर्गीय

हित भएर वग्ने गर्छ ।

प्रजातन्त्र बहुसंख्यक भित्र

धडकन भित्र धड़किनु पर्छ ।

जनता हो ! उठ आफ्ना

ज्व्यावालाहरु लिएर

चुडाल आफ्ना विरुद्द

लागाऎका बन्देजहरु

यसवेला हिजडाहरु

वर्ग संघर्ष को वाली भित्राउन

सिङ्घदरवार पसेका छन् ।

सुविधाभोगीहरु

आस्थालाई मखमली

लुगा पहिराएर

सहर पसेका छन् ।

जोकरहरु जनाविशासा

माथि साङ्घितिक

हथियार चलाएर

संसद र कुर्सीको मोहमा

फसेका छन् ।

आस्था माथि

बज्र मुक्का

हान्ने चणडालहरु

षडयन्त्रको जालो बुनेर

जनता माथि बुइ चढेर

आस्थाको मखौल

उडाइ रहेका छन् ।

तिम्रो आस्था

इस्पात झैँ दृढ थियो ।

आफुलाई गलाएर

जनतामा विलिन भयो ।

दुस्टहरुले झुकाउन सकेन

तिम्रो आस्थालाई

तिम्रो दृढता

तिम्रो आस्थामा

मलाइ गर्व छ ।

हामी तिम्रो सम्झनामा

विचारहरु रोपछौ।

तिम्रो सम्झनामा

गर्विलो मुठी उठाउछौ।

आस्थाका झन्डाहरु

हावामा फ़र्फ़राउछौ ।

हामी स्वरहरु घनकाउछौ ।

अलविदा पारिजात !

रक्तिम अभिवादन ।

Loading...