पेटमा भोक लाग्दा खाने कुनै गाँस थिएन रे : गजल

बृन्दा बगाले

उसको जिन्दगीमा केही खास थिएन रे
टाउको लुकाएर बस्न कुनै बास थिएन रे ।

नागरिता नभएर सरकारले राहत नदिएपछि
पेटमा भोक लाग्दा खाने कुनै गाँस थिएन रे ।

टहटह जुन तारा चम्किरहँदा आकाशमा
तर उसको जीवनमा कुनै मधुमास थिएन रे ।

भोको पेट दिनभरि सडकमा लडिरहँदा
पातहरु हल्लिँदा पनि कुनै बतास थिएन रे ।

यो परस्थितिमा निर्दयी मानवहरू देखेर
दिन्छ्न् अनि खाउँला भन्ने कुनै आश थिएन रे ।

काठमाडौ

Loading...