महामारी चलेपछि : गजल

दिपेन्द्र पौडेल

गयौ बुहारी रोपाइँको, तयारी चलेपछि !
कुन नाकले फर्कियौ ? महामारी चलेपछि ! !

हेर त, कत्ति खुशी छन्, तिमी आउँदा बुढाबुढी !
पलपल ती रोएका थिए, छहारी चलेपछि ! !

रोगी भए, र बेखर्चीले, सम्पत्ति बेचिदिए !
के खाउली खै ? यहाँ रही, खेतबारी चलेपछि ! !

अरब गएको छोरासित, बल्ल बात भयो !
छिट्टै आउँछु भन्छ कोरोना, विकारी चलेपछि ! !

Loading...