birat ribon

लकडाउनमा आमासँग खेत खन्दै आर्यन

Neuro
लकडाउनमा आमासँग खेत खन्दै आर्यन

विराटनगर, ५ वैशाख । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि नेपाल सरकारले १५ बैशाख गतेसम्मलाई लकडाउन गरिएको छ ।

Padelux insider
cura insider

लकडाउनका कारणले सामान्य मानिसहरूका साथै कलाकारहरूले समेत आफ्नो परिवारसँग समय बिताइरहेका छन् ।

लकडाउनको समयलाई सदुपयोग गर्दै कोही खानेकुरा पकाउन सिकिरहेका छन् भने कोही केही नयाँ कुरा सिक्न रमाइरहेका छन् ।

यस्तैमा लकडाउनको समय अभिनेता आर्यन सिग्देल खेतमा काम गरेर सदुपयोग गरिरहेका छन् ।

उनले बिहीबार आफ्नो आधिकारिक इन्स्टाग्राममा आफ्नो आमासँग खेतमा काम गर्दै गरेको तस्बिर र सेयर गरेका छन् ।

सार्वजनिक गरिएको फोटोमा उनी तरकारी रोप्नका लागि खेत खन्दै गरेको देख्न सकिन्छ । उनको छेवैमा उनकी आमालाई देख्न सकिन्छ ।

तस्बिरसँगै क्याप्सनमा उनले सबैलाई घरभित्रै बस्न अपिल गरेका छन् ।

‘ममीसँग काम गर्दै छु । तपाईंहरू पनि आफूलाई मन लागेको कुरा गर्नुहोस् । तर, घरबाट ननिस्कनुहोस्, उनले तस्बिरमुनि क्याप्सन राखेका छन् ।

खेतमा काम गर्दै गरेको तस्बिरलाई उनका प्रशंसकले मनपराएका छन् ।

आर्यन अहिले आफ्नो जन्मघर थानकोटमा छन् ।

लामो समयदेखि काठमाडौंको लाजिम्पाटमा बस्दै आएका उनी श्रीमती र छोरासहित लकडाउनपछि आमाबुबासँग बस्न थानकोट फर्किएका हुन् ।

jackson ribon