परिषदको अनलाइन प्रतियोगिता

विराटनगर, ४ वैशाख । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले लकडाउनमा अनलाइन प्रतियागिता गर्ने भएको छ ।

सात वटै प्रदेशमा विभिन्न विधामा अनलाइन प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।

लकडाउनका कारण ५ चैतयता विद्यालय बन्द छन । पठन पाठनको अभावले विद्यार्थीमा पर्ने प्रभाव अन्त्यका लागि परिषद्ले विद्यार्थीको रचनात्मक क्षमता, वौद्धिक स्तरको विकासका लागि प्रतियोगिता गर्न लागिएको परिषद्का राष्ट्रिय महासचिव सुरेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

अनलाइन माध्यमबाट हुने प्रतियोगितामा निबन्ध लेखन, कविता लेखन, हस्तलिखित अक्षर, वक्त्तृत्वकला र चित्रकला प्रतियोगिता समावेश गरेको छ ।

प्रतियोगितामा कक्षा ६ देखि १२ कक्षासम्मका विद्यार्थी सहभागी हुन सक्नेछन् । प्रतियोगितामा सहभागिताका लागि परिषदको फेसबुक पेज मार्फत जानकारी लिन सकिने बताइएको छ ।

Loading...