मोरङमा एक जनाको आरडिटी पोजेटिभ, सबै विदेशी नागरिकलाई क्वारेन्टीनमा राखिने

विराटनगर । र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) मा मोरङको बुढिगंगाकी एक युवतिमा पनि कोरोना भाइरसको एण्टीबडी पोजेटिभ देखिएको छ । भारतको बैङ्लोरबाट एक महिना अगाडि घर आएकी युवतिकोे बिहीबार आरडिटी गर्दा पोजेटिभ देखिएको हो ।

बुढिगंगा–१ यादव टोल बस्ने उनको सामुदायिक स्वास्थ्य केन्द्रमा गरिएको आरडीटी परीक्षणका क्रममा एण्टीबडी पोजेटिभ भेटिएको गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत डम्बरुबल्लब बरालले जानकारी दिए । उनको आरडिटी पोजेटिभ देखिएपछि उनलाई कोभिड १९ विषेश अस्पतालको आइसोलेसनमा लैजाने तयारी गरिएको वडा नं। १ का वडाध्यक्ष युवराज पौडेलले जानकारी दिएको खबर हाम्रोमत दैनिकको अनलाइनमा छ

सुनसरीमा रहेका सबै विदेशी नागरिकलाई क्वारेन्टाइनमा राखिने भएको छ । बुधबारको निर्णय अनुसार विभिन्न मस्जिदहरुमा बस्दै आएका मुस्लिमहरुलाई क्वारेन्टाइनमा राख्न लागिएको हो । सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माका अनुसार सुनसरीमा भारत, पाकिस्तान र बंगलादेशका नागरिकहरु विभिन्न मस्जिदहरुमा भेटिएका छन् ।

सुनसरीमा १ सय १४ वटा मस्जिद र ८१ वटा मदर्शा छन् । धर्म प्रचारका नाममा विभिन्न देशका मुस्लिम नागरिकहरु नेपाल आउने गरेका छन् । दिल्लीको घटनापछि विदेशबाट आएका मुसलमानहरु माथि विशेष निगरानी गर्न थालिएको हो । उद्घोष दैनिकको अनलाइनमा खबर छ ।

Loading...