काठमाण्डौ , ४ बैसाख । लकडाउनको समयमा त्रिवि शिक्षण अस्पतालमा काम गरेर घर फर्किरहेका दुई जना चिकित्सकलाई बुधबार साँझ कुटपिट भएको आरोपमा महाराजगन्ज वृत्तका डिएसपी उमेश लम्साललाई काज सरुवा गरेको छ ।
घर फर्कंदै गरेका चिकित्सकलाई प्रहरीले अभद्र व्यवहार र कुटपिट गरेको आरोप छ । घटनाको आवासिय चिकित्सक संघले विरोध गदै दोषीलाई कार्वाही माग गरेको थियो ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले एसएपी किरण बज्राचार्यको नेतृत्वमा छानविन समिति बनाएको र छानविनलाई सहज बनाउन बृत्तका डिएसपी लम्सालाई महानगरिय प्रेहरी बृत्त काज सरु गरेको जानकारी गराएका छन ।
बुधबार साँझ ८ बजे महाराजगन्ज वृत्तका डिएसी लम्सालसहितको टोलीले चिकित्सकहरू डा शम्भु खनाल, डा तेजप्रकाश साह र डा विकास साह ड्युटी सकेर निवासतर्फ फर्कदै गर्दा गर्दाकुटपिट र अभद्र व्यवहार गरेका थिए ।