लकडाउन गीत

डा , नवराज सुब्बा जनस्वास्थय बिज्ञ हुन । उनी लकडाउनको समयमा कोरोना भाइरस संक्रमण रोकथाम र उपचारबारे जनचेतना फैलाउन सक्रृय छन । कहिले उनी आफै लेख लेख्छन भने कहिले सञ्चार माध्यममा अन्तवार्ता दिन्छन । त्यत्ति मात्र हैन उनी साहित्कार पनि हुन । यसैले कोरोना भाइरस संक्रमण रोकथामकालागि भैरहेको लकडाउनबारे उनले मार्मिक गीत पनि लेखका छन । समाजिक सञ्जाल फेसबुकमा उनले लेखेर पोष्ट गरेको गीत यस्तो छ ,

घर बसौं पुस्तक पढौं काम पनि गरौं
घरै बसी लकडाउन नियमपालन गरौं ।

नयाँ रोग ल्याउने शत्रु कोरोना भाइरस
रुघामर्गी लगाएर रोक्छ श्वास–प्रश्वास ।

खोकी लाग्ने ज्वरो आउने स्वास फेर्न गाह्रो
छातीभित्र फोक्सोलाई दखल दिन्छ साह्रो ।

बृद्धबृद्धा चिनीरोग मुटु रोगी भए
भाइरसले त्यस्तालाई निकै चाप्ला है ।

रोगबाट बच्नलाई हात सफा राखौं
अभिवादन गर्दाखेरी नमस्कारै गरौं ।

खोक्दा अनि हाच्छिउँ आए रुमालले छोपौं
रुमाल नभए कुहिनामुनि लुकाएर खोकौं ।

रुघाखोकी लाग्दाखेरी मास्क लाउनु पर्छ
मास्क अनि रुमाल आदि सफा हुनुपर्छ ।

सामान र पैसा लिंदा भाइरस पर्न सक्छ
भीड गर्दा नजिक जाँदा रोग सर्न सक्छ ।

एक मीटरको दुरीलाई कायम राख्नुपर्छ
शंकास्पद र विरामीलाई ध्यान दिनुपर्छ ।

रोगबाट बच्ने नियम हाम्रै खातिर बुझौं
परिवार छिमेकलाई यही कुरा बताऔं
बच्ने अनि बचाउने मन्त्रलाई सम्झौं ।

Loading...