लकडाउनमा खानेकुरामा ध्यान दिनुस्, दुब्लोपनले सताउँदैन

विराटनगर, ४ वैशाख । दुब्लो मानिसहरू लकडाउनको समयलाई उपयोग गरेर मोटाउने कोशिश गरिरहेका छन् ।

तौल बढाउनु खासै गाह्रो नहुने भन्ने मानिसहरूको सोच्न हुन्छ ।

तर, दुब्लो शरीर भएका मानिसहरूलाई तौल बढाउनु निकै चुनौतीपूर्ण काम हुन सक्छ ।

मोटो शरीर धेरै मानिसहरूको लागि समस्या बनिरहेको बेलामा कतिपय मानिस दुब्लोपनका कारण पनि चिन्तित छन् ।

दुब्लो पनको समस्याबाट छुट्कारा पाउनका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेकै खानपानमा ध्यान दिनु हो ।

पौष्टिक आहार तथा सन्तुलित भोजनको सही अनुपातमा सेवन गरेमा र सामान्य व्यायाम गरेमा तौल कम भएका व्यक्तिहरू केही तौल बढाउन सक्छन् ।

मौसमी फलफूलको रस, सागसब्जी, माछा, मासु, अन्डा, दूध, केरा आदिजस्ता अत्यधिक प्रोटिन पाइने खाने कुराको नियमित सेवनले तौल बढाउन मद्दत गर्छ ।

बिहानको समयमा सकेसम्म धेरै क्यालोरीयुक्त खाना खाने, सधै समय समयमा खाना खाने बानी बसाउनाले मात्र पनि तौल बढ्न सक्छ ।

दुब्लोपन बाहेक स्वास्थ्यमा अन्य कुनै पनि समस्या छैन भने दिनमा २ देखि ३ वटा अण्डाको सेवन गर्न सकिन्छ ।

अण्डा क्याल्सियम, आइरन र प्रोटिनजस्ता तत्वको भण्डार भएको हुनाले शरीरलाई चाहिने दैनिक पौष्टिक तत्व छिट्टै पुग्ने हुँदा अण्डाले तौल बढाउन मद्दत गर्छ ।

त्यस्तै नियमित दूध र केराको सेवनले शरीरमा तत्कालै ऊर्जा आउनुका साथै तौल बढ्ने निश्चित छ ।

टन्न खाना खानुका साथै शरीरले सक्ने शारीरिक परिश्रम पनि गर्नु अति आवश्यक हुन्छ ।

शारीरिक परिश्रम गर्दा खाना छिट्टै पच्नुका साथै छिटो-छिटो भोक लाग्ने हुँदा तौल बढाउनका लागि मद्दत पुग्ने गर्छ ।

Loading...