भारतमा लकडाउन लम्बिएपछि इण्डियन प्रिमियर लिग पछि सर्‍यो

एजेन्सी, ४ वैशाख । सन् २०२० को इण्डियन प्रिमियर लिग (आईपीएल) भारत सरकारले लकडाउनको अवधि लम्बाएपछि पछि सरेको छ ।

भारत सरकारले ३ मेसम्म लकडाउन गर्ने घोषणा गरेपछि १४ अप्रिलमा सुरु गर्ने भनिएको लिग पछि सरेको हो ।

सन् २०२० मार्च २९ गतेबाट सुरु हुृने भनिएको आईपीएल कोरोना महामारी विश्वभरि नै फैलिएपछि अप्रिलका लागि सारिएको थियो ।

देशवासीको नाममा १३ अप्रिलमा सम्बोधन गर्दै भारतीय प्रधानममन्त्री नरेन्द्र मोदी लकडाउनको समयावधी ३ मेसम्म बढाइएको घोषणा गरेका थिए ।

लकडाउन लम्बिएपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आईपीएलका लागि नयाँ मिती घोषणा गरेको छैन ।

बीसीसीआईका अध्यक्ष सौरभ गांगुली यस्तो बेला कुनै प्रकारको पनि खेलकूद प्रतियोगिता आयोजना गर्नु मूर्खता हुने बताउँछन् ।

बीसीसीआई पर्ख र हेरको अवस्थामा रहेको र सबै अवस्था प्रतियोगिता खेल्नका लागि अनुकुल भएपछि मात्रै आईपीएल हुने गांगुलीले बताए ।

आईपीएलको अहिलेसम्म भएका सबै १२ संस्करण मार्चको पहिलो सातादेखि जुनको पहिलो सातासम्म हुने गरेको थियो ।

सुरक्षाको कारण देखाउँदै सन् २००९ को आईपीएल दक्षिण अफ्रिकामा भएको थियो भने सन् २०१४ को केही खेलहरू चुनावको समयमा जुधेपछि संयुक्त अरब ईमिरेट्समा खेलाइएको थियो ।

Loading...