झापाका एक युवाको आरडिटी पोजेटिभ, विराटनगरमा थप परीक्षण हुँदै

विराटनगर, ४ बैशाख । प्रदेश १ मा पहिलो पटक झापाका एक युवामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा पोजेटिभ देखिएको छ । झापा हल्दिबारीका एक व्यक्तिको बुधबार गरिएको आरडिटी परीक्षणमा रगतमा एन्टीबडी फेला परेपछि थप परीक्षणको लागि स्वाब विराटनगर ल्याइएको छ ।

प्रदेशको सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार र्‍यापिड टेष्टमा पोजेटिभ देखिएपपि ती युवकसहित परिवारका चार सदस्यको स्वाब संकलन गरेर विराटनगर ल्याएको छ । विराटनगरको कोशी अस्पतालमा पिआरसी बिधिबाट स्वाब परीक्षण भएपछि मात्र उनमा कोरोना भए नभएको यकिन हुने मन्त्रालयले जनाएको छ । हाम्रोमत दैनिकको अनलाइनमा खबर छ ।

मोरङको विभिन्न मस्जिदहरुमा बसिरहेका पाकिस्तान र भारतका १९ जमातीसहित ३४ जनाको कोरोना भाइरस संक्रमण भए नभएको पत्ता लगाउन आरडीटी परिक्षण सकिएको छ । द्रुत पहिचान परीक्षण (आरडीटी) विधिबाट गरिएको परीक्षणबाट उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ ।

मोरङको धनपालथान गाउँपालिकामा १० जना भारतीय र सुनवर्षी नगरपालिकाको मस्जिदमा ९ जना पाकिस्तानी जमातीहरु लकडाउनका कारण घर फिर्न नपाएर बसिरहेका थिए । उद्घोष दैनिकको अनलाइनमा खबर छ ।

Loading...