birat ribon

श्रमजीवी पत्रकारलाई पारिश्रमिक उपलब्ध गराउन माग

Neuro
श्रमजीवी पत्रकारलाई  पारिश्रमिक उपलब्ध गराउन माग

काठमाण्डौ , ३ बैसाख । नेपाल पत्रकार महासंघले कोभिड –१९ को जोखिम मोलेर जनतालाई सूसुचित गर्न क्रियाशिल पत्रकारहरुलाई संकटको बेला नहटाउन र पारिश्रमिक उपलब्ध गराउन माग गरेको छ ।

Padelux insider
cura insider

विपत्तिको समयमा सञ्चारकर्मीहरुलाई सञ्चार प्रतिष्ठानहरुले समयमा पारिश्रमिक उपलब्ध नगराउने, जागिरबाट हटाउने र न्यूनतम सेवा सुविधाबाट समेत बञ्चित गरिरहेको भन्दै नेपाल पत्रकार महासंघले यस्तो माग गरेको हो ।

सञ्चार प्रतिष्ठानहरुले लकडाउनभन्दा अघि र पछिको पारिश्रमिक उपलब्ध नगराउँदा श्रमजीवी पत्रकारहरु गम्भीर आर्थिक समस्या झेल्न बाध्य भैरहेको महासंघका महासचिव रमेश बिष्टले बताएका छन ।

कोरोना संक्रमणले मानवीय संकट गहिरिदै जाँदा श्रमजीवी पत्रकारहरुले बक्यौता र पछिल्लो महिनाको पारिश्रमिक प्राप्त गर्न नसक्नु तथा सेवाबाट समेत हटाउने क्रम बढ्दै जानुले महासंघलाई गम्भीर र चिन्तित बनाएको छ , उनले बुधबार जारी बिज्ञप्तीमा भनेका छन ।


वेवास्ता गरेर पत्रकारहरुलाई बिचल्नी अवसथमा पुरयाएमा महासंघ संघर्ष थाल्न बाध्य हुने चेतावनी पनि महासंघले संञ्चार प्रतिष्ठानहरुलाई दिएको छ ।

नेपाल रिपव्लिका मिडिया प्रालिबाट प्रकाशित रिपव्लिका अग्रेजी दैनिकमा कार्यरत पत्रकारहरुलाई बक्यौता र पछिल्लो महिनाको पारिश्रमिक उपलब्ध नगराई एकतर्फी ढंगबाट प्रकाशन स्थगित गरिएकोप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले श्रमजीवी पत्रकारप्रति अन्याय गरको भन्दै महासंघले कडा आपत्ति जनाएको छ ।

महासंघले संकटपूर्ण अवस्थामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै जोखिम मोलेर जनतालाई सुसुचित गर्न अहोरात्र क्रियाशील सञ्चारकर्मी र सञ्चारगृहहरुका लागि तत्काल राहत र सहुलियत प्रदान गर्न महासंघलेृ सरकारसँग माग पनि गरेको छ ।

jackson ribon