birat ribon

सनसिटी अर्पाटमेन्टमा बस्ने २९८को रिर्पोट नेगेटिभ , देशभर १५ हजार ८ सय जनाको भयो परीक्षण

Neuro
सनसिटी अर्पाटमेन्टमा बस्ने २९८को रिर्पोट नेगेटिभ , देशभर १५ हजार ८ सय जनाको भयो  परीक्षण

काठमाडौं , ३ बैसाख । काठमाडौंको पेप्सिकोला स्थित सनसिटी अपार्टमेन्टमा कोरोना संक्रमण परीक्षण गरिएका २ सय ९८ जना सबैको रिर्पोट नेगेटिभ आएको छ ।

Padelux insider
cura insider

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रबक्त्ता डा. विकास देवकोटाले जानकारी गराएका छन ।

मंगलबार अपार्टमेन्टमा बस्ने तीजनामा आरडीटी पोजेटिभ आएपछि थप पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा दुई जनाको नेगेटिभ देखिएको थियो ।

यस्तै एक जनाको बुधबार पुनः परीक्षण गर्दा समेत नेगेटिभ आएको छ । पोजेटिभ देखिएका व्यक्तिहरुको सहयोगिको रुपमा काम गर्नेहरुको समेत पीसीआर प्रविधिबाट परीक्षण गर्न नमुना लिइएको छ ।

बेलायतबाट फर्केर सनसिटी सेन्टरको अपार्टमेन्टमा बस्दै आएका ५८ बर्षिय छोरा र ६८ बर्षिया आमालाई केरोना संक्रमण भएको पृष्टि भएको हो । तर सँगैबस्दै आएकी छोराकी श्रीमतीको भने दुबैपटकको रिर्पोट नेगेटिभ पाइएको हो ।

अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना पोजेटिभ भेटिएपछि सरकारले त्यहाँ बस्दै आएका अन्यको पनि परिक्षण गरेको हो ।

२४ घण्टामा कोही पनि पोजेटिभ भेटिएनन

पछिल्लो २४ घण्टामा पीसीआर प्रविधिबाट गरिएका कुनैपनि परीक्षणमा कोरोना भाइरसको संक्रमण नभेटिएको प्रवक्ता देवकोटाले बताएका छन ।

सरकारले परीक्षणको दायरा फराकिलो बनाउँदै पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९४ कुल परीक्षण गरेको छ । यस्तै बुधबार सम्म (पीसीआर) विधिबाट ६ हजार ८ सय ७१ जनाको स्वाव नमुना परीक्षण भएको छ ।

रयापिड डाइग्नोष्टिक विधि (आरडिटी) बाट अहिलेसम्म ८ हजार ९ सय २९ वटा परीक्षण भएका छन् । अहिले सम्म कुल १५ हजार ८ सय परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी गराएका छन ।

१४ जिल्लामा अझै रयापिड परीक्षण बाँकी

विदेशबाट आएका व्यक्तिहरुको र्यापिड किटबाट परीक्षणगर्ने कार्यलाई तिब्रता दिएको प्रवक्ता देवकोटाले बताएका छन ।

अहिलेसम्म ¥यापिड किटबाट परीक्षण गर्न १४ वटा जिल्ला बाँकी छ । जसमध्ये प्रदेश १ मा ७ प्रदेश २ मा ३ गण्डकीमा १ प्रदेश ५ मा १ र कर्णाली प्रदेशमा २ वटा जिल्लामा परीक्षण गर्ने व्यवस्था मिलाउन बाँकी छ ।

बागमती र सूदुरपश्चिम प्रदेशका सबै जिल्लामा आरडीटी विधिबाट परीक्षण गर्ने व्यवस्था भइसकेको छ ।

देशभर ५ हजार ६ सय १४ जना क्वारेन्टाइनमा

हाल देशभर ५ हजार ६ सय १४ जना क्वारेन्टाइनमा छन् । उपत्यकामा ११ र उपत्यकाबाहिर १ सय ६ गरी कुल १ सय १७ जना आइसोलेसनमा छन् ।

यस्तै कलसेन्टरमा पछिल्लो २४ घण्टामा आएका २ हजार ६ सय ३८ जनाको गुनासो सम्बोधन भएको छ । गत २४ घण्टामा आफ्नो स्वास्थ्यको १ हजार १ सय ८२ जनाले स्वमुल्याङ्कन गरेको र अहिले सम्म १७ हजार ६ सय ३० जनाले आफ्नो स्वास्थ्यको स्वमुल्याङ्कन गरेका छन् ।

jackson ribon