काठमाण्डौ , ३ बैसाख । लकडाउन अवधिमा अब काठमाण्डौमा मृत्यु सस्कारमा सहभागी हुने मात्र सवारी पास पाइने छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मृत्यु संस्कारमा बाहेक अन्य कार्यमा सवारी पास दिन बुधबारदेखी बन्द गरेको छ ।
कार्यालयले सवारी पासको अत्याधिक माग भएको र यसले भीडभाडले लकडाउन उलङघन हुन थालेपछि बुधबारदेखी सवारी पासको बितरण बन्द गरेको प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनले लकडाउनमा अत्यावश्यकीय सवारी साधन सञ्चालनका लागि पास वितरण गर्दै आएको थियो ।
गृह मन्त्रालयले मंगलबारदेखि अनलाइनमार्फत ई–पास लिन सक्ने व्यवस्था गरेपछि अत्याधिक माग बढेको र पास लिन आउनेहरु अत्यधिक हुन थालेका छन ।