birat ribon

कोरोनाको त्रासले उपचार नपाउँदा कठै गयो उनको ज्यान

Neuro
कोरोनाको त्रासले उपचार नपाउँदा कठै गयो उनको ज्यान


काठमाडौं, ३ बैसाख । कोरोना भाइरसको त्रासले गर्दा काठमाडौंमा एक बिरामीले उपचार नपाउँदा ज्यान गुमाउनु परेको छ ।

Padelux insider
cura insider

काठमाडौं कमलपोखरी निवासी ४३ बर्षिय एक विरामीले काठमाण्डौको अस्पतालमा उपचार नपाउँदा ज्यान गुमाउनुपरेको हो ।

जनअस्था डटकममा उल्लेख भएर अनुसार मंगलबार राती १२ बजे टोलीमा एक व्यक्त्ति सिकिस्त भएको कमलपोखरी प्रहरी बृत्तमा खवर आएको थियो ।

तुरुन्त प्रहरी गएर हेर्दा बिरामी सिकिस्त अवस्थामा पानी मागिरहेका थिए । तर कोरोना संक्रमण भएको हुनसक्ने भएकोले प्रहरीले भेनमा हालेर अस्पताल लान सकेनन ।

एम्बुलेन्स पनि समयमा आएन । बिरामी झन सिकिस्त हुनथालेकोले छोराले बाबुलाई बोकेर बुधबार बिहान २ बजे कमलपोखरी स्थित हिमाल हस्पिटल पुरयाए । तर अस्पतालमा कसैले उनलाई छुन चाहेन । यसैले उनको बिहान ३ बजे मृत्यु भयो ।

प्रहरीले पोष्टमार्टमका लागि आवश्यक पर्ने कागजात तत्कालै बनाइदिएको छ । तर लक्षण बुझ्दा कोरोनाको संक्रमण देखिने कारण न शवको नजिक कोही जान सकेका छन्, न उनको स्वास्थ्य परीक्षणबाट रोग पनि प्रमाणित हुन सकेको छैन ।

परिक्षण नहुँदा उनी कोरोना संक्रमित हुन भन्ने अझै प्रमाणित भएको छैन । उनी नियमित मापसे र धुम्रपान धेरै सेवन गर्ने व्यक्त्ति रहेकोले उनको दम वा अन्य कुनै बिरामीले गर्दा फोक्सोमा समस्या आएर ज्यान गएको चर्चा पनि छ ।

सरकारले कतै पनि कोरोना संक्रमण भएका शंकास्पद व्यक्त्ति वा विरामी देखापरेमा तुरुन्त प्रहरी वा अस्पतालमा सम्पर्क गर्न भनेको छ ।

तर काठमाडौंको यो घटनाले शंकास्पद विरामीहरु संकटको समयमा कसरी उपचार नपाई मर्न बाध्य हुँदारहेछन भन्ने प्रस्टपारेको छ ।

कोरोना भाइरस संक्रमणको त्रासले गर्दा काठमाडौं मात्र नभएर धरान , विराटनगर , विर्तामोड , बिरगन्ज, नेपालगन्ज , पोखरा जस्ता ठूला शहरका ठूला नीजि अस्पतालहरुले उपचार गर्न नमान्दा केैयौले यसैगरि ज्यान गुमाइरहेका छन ।

jackson ribon