प्रदेश १ मा ६४१ को परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

विराटनगर, ३ बैशाख । प्रदेश नं। १ मा कोरोना मंगलबारसम्म कोरोना भाइरसको परीक्षण गरिएका शंकास्पद ६४१ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिब भरतमणि रिजालका अनुसार मंगलबारसम्म प्रदेशभरी ६५३ जनाको नमुना संकलन गरिएकोमा १२ जनाको रिपोर्ट आउन बाँकी छ ।

प्रदेशमा थ्रोट स्वाब नमूना सङ्कलन गरिएका २५१ जनामध्ये २३९ जनाको पिसिआर मेशिसनमा परीक्षण नेगेटिभ रिपोर्ट आएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । हाम्रोमत दैनिकको अनलाइनमा खबर छ ।

कोरोना अस्पतालमा नेकपाको चासो

सत्तारुढ दलका नेताहरूले प्रदेश नम्बर १ को राजधानी विराटनगमा कोरोना भाइरसबाट संक्रमितको उपचारका लागि स्थापित कोशी अस्पतालको मंगलबार निरीक्षण गरेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ((नेकपा) का १ नम्बर प्रदेश इञ्चार्ज भीम आचार्य, सहइञ्चार्ज सावित्रीकुमार काफ्ले, प्रदेश समिति सचिव सुरेशकुमार राईलगायतको टोलीले अस्पतालको क्षमता तथा प्राबिधिक अवस्थाको बारे जानकारी लिएको हो । उक्त टोलीलाई कोभिड अस्पतालका बारे कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेट डा। संगीता मिश्राले जानकारी दिएकी थिइन् । उद्घोष दैनिकको अनलाइनमा खबर छ ।

Loading...