नेपालमा कोरोना : ८१ वर्षीया वृद्धासहित १६ जनामा कोरोना पुष्टि

काठमाडौँ, ३ वैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९०) को संक्रमण नेपालमा बढ्दै गएको छ। मंगलबारसम्म र्यापिड किट र पीसीआर विधिबाट १२ हजार ९०६ जनाको नमुना परीक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना पुष्टि हुनेमा १९ वर्षीया युवतीदेखि ८१ वर्षीया वृद्धासम्म छन्।

स्वास्थ्य ताथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार संक्रमित १६ मध्ये पहिलो पटक संक्रमित देखिएका एकजना निको भएर घर फर्किसकेका छन्। १५ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ।

पाँचजनाको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइराखेको छ भने चारजनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइराखेको छ। अन्य ६ जनाको भने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु, पाटन अस्पताल, लगनखेल र धौलागिरी अस्पताल, बागलुङमा दुईदुई जनाको उपचार हुँदैछ। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

बाग्मती प्रदेश : यापिड टेष्टमा छ जनामा कोरोना संक्रमण पाइयो

भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिहरुको यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षण गर्दा बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी छ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

कोरोना भाइरसका शङ्कास्पद विरीमीहरुको आरडीटी परीक्षण गर्दा धादिङ, काठमाडौँ र काभ्रेपलाञ्चोक जिल्लामा गरी छ जनामा पोजेटिभ पाइएको हो । हालसम्म बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी आरडीटी परीक्षण ९०७ जना गरिएकोमा बाग्मती प्रदेश अस्पताल विकास तथा चिकित्सा सेवा निर्देशनालयका निर्देशक डा. पुरुषोत्तमराज सेढाईले काठमाडौँमा तीन जना, काभ्रेमा दुई जना र धादिङका एक जना कोरोना भाइरसका शङ्कास्पद विरीमीहरुको आरडीटी परीक्षण गर्दा पोजेटिभ पाइएको जानकारी दिएका छन् ।

उनका अनुसार काठमाडौँका तीन जनामध्ये दुई जनाको स्वाब परीक्षण (पीसीआर टेष्ट) गर्दासमेत पोजेटिभ रिपोर्ट आएको छ । काठमाडौँका एकसहित काभ्रे र धादिङका गरी चार जनाको पीसीआर टेष्ट गर्न बाँकी रहेको सामाजिक विकास मन्त्रालयका प्रबक्तासमेत रहनु भएको सेढाईले बताएका छन् । मङ्लबार ९यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएकामा धादिङको ज्वालामुखी गाउँपालिकाका २७ वर्षीय पुरुष छन् ।

उनी दक्षिण कोरियाबाट गत फागुन २० गते फर्किएको जनाइएको छ । यस्तै आरडीटी परीक्षण गर्दा काभ्रेपलान्चोकस मण्डन देउपुर गाउँपालिकाका २३ वर्षीय पुरुष र अर्का बेथानचोक गाउँपालिका २८ वर्षीय पुरुषको रिरपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

राष्ट्रपति भण्डारी र प्रम ओलीबीच भेट

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड १९) का विरुद्ध सबै नेपाली जनता एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।

नियमित भेटघाटका लागि मंगलबार साँझ राष्ट्रपति भवन शीतल निवास पुग्नुभएका प्रधानमन्त्री के।पी। शर्मा ओलीसँगको कुराकानीमा राष्ट्रपति भण्डारीले यस्तो धारणा राखिएको हो । राष्ट्रपति भण्डारीले विभिन्न देशमा रहेका नेपालीको अवस्था र उनीहरुको सुरक्षाका लागि कूटनीतिक माध्यमबाट सरकारले चालेका कदमबारे चासो राखिएको थियो । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Loading...